‘उद्घोष’ को विमोचन

पिपलबाेट संवाददाता


कोहलपुर, फागुन २७
बाँकेको कोहलपुरमा शनिबार देवकी निरौलाको गजलसंग्रह ‘उद्घोष’को विमोचन गरिएको छ ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको २५ औं प्रकाशन ‘उद्वोष’को बाँके क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्इ आरती पौडेल र वरिष्ठ कथाकार सनत रेग्मीले संयुक्त रुपमा विमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य आरती पौडेलले महिलाका आवाजलाई आफ्नो कृतिमा प्रस्तुत गरिएको बताईन् । साथै नेपाली महिलाहरुले वर्तमान समय भोगेका समस्याहरुलाई साहित्यमा मार्फत प्रस्तुत गरिएको बताईन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ कथाकार सनत रेग्मीले साहित्य सिर्जना गर्दा समाजमा कस्तो प्रभाव पर्छ भनेर एक पटक लेखकले सोच्नुपर्ने बताएका छन् । साथै उनले ‘उद्घोष’ एउटा सशक्त प्रतिभा भएको भन्दै महिलाहरुले समाजको नेतृत्व गर्न सक्षम छन् भने कुराहरु कृतिमा उल्लेख गरिएको उनले बताए ।
कार्यक्रममा बोल्दै देवकी निरौलाले ‘उद्घोष’मा नारीको आवाजलाई प्राथमिता दिईएको बताईन् । साथै उनले साहित्य मार्पmत महिलाको समस्याहरुलाई प्रस्तुत गरिएको उनले बताईन् ।
त्यस्तै कार्यक्रममा साहित्यकार किरण आचार्य , सालिकराम सापकोटा, बद्री ढकाल, देवेन्द्र आचार्य , भरत रानाभाट, इश्वरी रिजाल, ऋचा लुइटेल, विष्णु पादुका, वि पी अस्तु, शान्ति अधिकारी , नमिता बराल, भुपेन्द्र सुवेदी लगाएत दुई दर्जन बढी साहित्यकारहरुले रचना वाचन गरेका थिए भने कार्यक्रममा १५० बढीको उपस्थिति रहेको थियो ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपालगन्ज उपमहा नगरपालिकाकी उपमेयर उमा थापा, कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरी, साहित्यकार सागर गैरे, मणि अर्याल, भेरी साहित्य समाज , प्रगतिशील लेखक संघ बाँके, बार्दली फाउन्डेसन लगायत विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कवि प्रदीप भट्टराईको रहेको थियो भने सञ्चालन सचिव पुष्कर रिजालले गरेका थिए ।

२७ फाल्गुन २०७४ मा प्रकाशित
Nabintech