कोहलपुर, फागुन २७
बाँकेको कोहलपुरमा रहेको गोरखा यूनाईटेड पब्लिक स्कुलले प्रथम अन्तर मावि स्तरिय मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । कोहलपुर नगरपालिकाको ओजनामा कोहलपुर स्थित तेह्रा विगाह मैदानमा शनिबार सम्पन्न भएको प्रतियोगितामा गोरखा यूनाईटेड पब्लिक स्कुलले उपाधि सहित नगद ५१ हजार रुपैयाँ, रनिङ्ग शिल्ड प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै गरी ज्ञानज्योति मावि चप्परगौडी दोश्रो स्थानमा आएको छ । ज्ञानज्योतिले ट्रफी र ३१ हजार नगद पुरस्कार प्राप्त गरेको छ भने जनज्योति पब्लिक माविले तृतीय स्थान हासिल गर्दै नगद २१ हजारसहित ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगिताको एथलेटिक्स छात्र तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुलका हार्दिक राना र छात्रा तर्फ नेपाल राष्ट्रिय मावि खड्कवारकी हिमसरी खड्का उत्कृष्ट खेलाडी घोषित भईन् । त्यस्तै भलिबल छात्र तर्फ ब्राईटलाईट एकेडेमीका दिपेन्द्र गिरी र छात्रा तर्फ ज्ञानज्योति मावि चप्परगौडिकी सामिना चौधरी उत्कृष्ट खेलाडी घोषित भईन् ।
यस्तै प्रतियोगितामा अनुसाशन तर्फ लक्ष्मी मावि बद्वहवा र मार्च पासमा कृष्ण मावि कौशिलानगर उत्कृष्ट भएका छन् ।
त्यस्तै भलिबल छात्र तर्फ ब्राईट लाईट एकेडेमी प्रथम, कृष्ण मावि कौशिलानगर द्वितीय र जनज्योति पब्लिक मावि तृतीय भएका छन् भने छात्रा तर्फ ज्ञानज्योति मावि चप्परगौडी प्रथम, साईनिङ्ग स्टार मावि द्वितीयर डाईनामिक मावि तृतीय भएका छन् । साथै १५ सय मिटर दौडको छात्र तर्फ जनज्योति पब्लिक माविका सुवास बराल प्रथम, पञ्चमुखी माविका रबिन बम द्वितीय र ज्ञानज्योति मावि चप्परगौडिका अजय बुढाथोकी तृतीय भएका छन् भने छात्रा तर्फ गोरर्खा यूनाईटेड स्कुलकी बिर्सना कुमाल प्रथम, त्रिभुनव माविकी पार्वती खड्का द्वितीय र साईनिङ्ग स्टार माविकी रुपा थापा तृतीय भएकी छिन् ।
लङजम्प छात्र तर्फ ज्ञानज्योति मावि चप्परगौडीका सुरेन्द्र चौधरी प्रथम, जनज्योति पब्लिक माविका विनोद केसी द्वितीय र लक्ष्मी मावि बर्दहवाका सत्रुहन थारु तृतीय भएको छ । त्यस्तै छात्रा तर्फ साईनिङ्ग स्टारकी ज्योति थापा प्रथम, नेपाल राष्ट्रिय मावि खड्कवारकी हिमसरी खड्का द्वितीय र पञ्चमुखी ई.मि.की विजया कुँवर तृतीय भएकी छिन् ।
बिजेता तथा उप बिजेता विद्यालयका छात्रछात्राहरुलाई आयोजक कोहलुर नगरपालिकाका मेयर लुट बहादुर रावत, उपमेयर सञ्जु कुमारी चौधरी, बाँके प्रमुख जिल्ला अधिकारी रेशमक केसी लगायतले रनिङ्ग शिल्ड, ट्रफी, पदक प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा कोहलपुर नगरपालिकाका नीजि तथा सामुदायिक विद्यालय गरी ३४ वटा विद्यालयहरुको सहभागिता जनाएका थिए ।