ओशिसद्वारा साँस्कृति कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


 

कोहलपुर, फागुन २७

बाँकेको कोहलपुरमा शनिबार साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
ओशिस मल्टिपल एजुकेशनको आयोजना एक दिने वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा नेपालकी गायिका पूर्णका बिसिले आफ्ना गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिएकी थिईन् ।
त्यस्तै हाँस्य कलाकार प्रकाश कँडेल र समुन कार्कीले आफ्नो पस्तुति दिएर दर्शकहरुलाई हसाएका थिए ।
कार्यक्रममा भएको नृत्य प्रतियोगितामा सपना श्रेष्ठ प्रथम, राधिका शर्मा द्वितीय र सुशिल बिक तृतीय भएको छन् ।
त्यस्तै मिस ओशिसमा पुना श्रेष्ठ र मिस्टर ओशिसमा पुस्पराज क्षेत्री छनौट भएको छ ।
साथै कार्यक्रममा ओसिसको उत्कृष्ट वर्ष विद्यार्थीका रुपमा नविन खत्री र वर्षको उत्कृष्ट शिक्षक कमल विसीलाई सम्मानगरिएको थियो ।
कार्यक्रममा कम्प्युटर ऐशोसियन नेपाल प्रदेश नं. ५ का सदस्य एवम् बाँके जिल्ला सहसचिव हेमनाथ घिमिरेले विद्यार्थीहरुको भावना अनुसारका शिक्षण कार्य गरी सबैको मन जित्न सफल भएको भन्दै ओशिसले अब आधुनिक र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताए ।
ओशिसका सञ्चाल ईन्द्रमाणि ढङ्गगाका सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरु, विद्यार्थी लगायतको स्थानियको सहभागिता रहेको थियो ।

२७ फाल्गुन २०७४ मा प्रकाशित
Nabintech