तक्षशिलाका विद्याथीहरुद्वारा फलफूल वितरण

पिपलबाेट संवाददाता


कोहलपुर, चैत्र २
बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमी स्कुलका विद्यार्थीहरुले बिहिबार विरामीलाई फलफुल वितरण गरेका छन । कौशिल्या पोलिक्लिनिक प्रा.ली कोहलपुरमा रहेका करिब २० जना विरामीहरुलाई विद्यार्थीहरुले फलफूल वितरण गरेका थिए । कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले कक्षामा वर्ष भरी संकलन गरेको रकमबाट फलफूल वितरण गरिएको विद्यार्थीहरुले बताए । कार्यक्रममा बोल्दै कक्षा ८ प्रख्यात लम्सालले विरामीहरुको सेवाका लागि आफुहरुले विद्यालयमा अनुपस्थित हुदाँ र खाजा खर्च बचाएर विरामीहरु लाई फलफूल वितरण गरिएको बताए ।
त्यस्तै विद्यालयर्की अर्की छात्रा लक्ष्मी अधिकारीले आफूहरुले मानव सेवाका लागि सबै साथीहरु मिलेर विरामीहरुलाई फुलफूल वितरण गरिएको बताईन । विद्यार्थीहरु विरामीको छेउमै पुगेर फलफूल वितरण गर्नुका साथै स्वास्थ्यलाभको कामना समेत गरेका थिए ।
कार्यक्रमाम बोल्दै पोलिक्लिनिकका प्रबन्ध निर्देशक राम न्यौपानेले मानव सेवा गर्नुपर्छ भनि विद्यार्थीहरुमा सोच आउनु प्रशसनिय काम भएको बताए । साथै क्लिनिकमा ६० वर्ष पुरा भएका सबै किसिमका विरामीहरुलाई १० प्रतिशत छुट दिएको बताउँदै आगामी दिनहरुमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने बताए ।

२ चैत्र २०७४ मा प्रकाशित
Nabintech