अन्तर क्याम्पस स्तरिय भलिबल प्रतियोगिता सुरु

पिपलबाेट संवाददाता


कोहलपुर, फागुन ३
बाँकेको कोहलपुरमा रहेको स्वतन्त्र विद्यार्थी यूनियन बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको आयोजनामा अन्तर क्याम्पस स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ ।
बाँकेका विभिन्न क्याम्पसहरुमा अध्ययन गरिरहेका विद्यार्थीहरुको अन्तरनिहित क्षमताको विकास गर्नका लागि सो प्रयितोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका सञ्चालक समितिका सदस्य सूर्य ढकालले विद्यार्थीहरुको व्यक्तित्व विकास लागि खेलकुदको आवश्यकता परेकाले यस्ता प्रतियोताहरुलाई जोड दिनुपर्ने बताए । साथै उनले विद्यार्थीहरुलाई अनुशासित र लगनशिल बनाउनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए ।
कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरु बिचको आत्मिय सम्बन्ध स्थापित गर्न र विद्यार्थीहरुको शैक्षिक गतिविधिहरुलाई थप टेवा पु¥याउनका लागि खेलकुदले विशेष अर्थ दिने बताए ।
त्यस्तै प्रतियोगिताको पहिलो दिन सम्पन्न भएको खेलमा बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस ‘बि’लाई हराउँदै होलिल्याण्ड नेपालगञ्ज विजय भएको छ भने मध्यपश्चिम बहुमुखी क्याम्पसलाई हराउँदै त्रिभुवन नमूना मावि कोहलपुर विजय भएको छ । त्यस्तै
डाईनामिक क्याम्पस कोहलपुरलाई हराउँदै कोहलपुर मोडल कलेज विजय भएको छ ।
प्रतियोगितामा बाँके जिल्लाका ९ वटा क्याम्पसले सहभागिता जनाएका छन् । प्रतियोगितमा प्रथम हुनेलाई १२ हजार र द्वितीय हुनेलाई ८ हजार पुरस्कार राशि रहेको छ ।
स्वतन्त्र विद्यार्थी यूनियन बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका सभापति दिनेश केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पूर्व क्याम्पस प्रमुखहरु, क्याम्पसका प्राध्यापक, खेलाडि विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिता नक आउट चरण हुने छ भने प्रतियोगिता यहि ४ गते सम्म सञ्चाल हुने आयोजकले जनाएको छ ।

३ चैत्र २०७४ मा प्रकाशित
Nabintech