महेन्द्रलाई भलिबल प्रतियोगिताको उपाधि

पिपलबाेट संवाददाता


कोहलपुर, चैत्र ५
बाँकेको नेपालगञ्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसले क्याम्पस स्तरिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
स्वतन्त्र विद्यार्थी यूनियन बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको आयोजनामा कोहलपुर स्थित बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा आईतबार सम्पन्न भएको प्रतियोगितामा महेन्द्र बहुमुखी क्याम्पसले उपाधि सहित नगद १२ हजार रुपैयाँ र ट्रफि प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै गरी होलिल्याण्ड नेपालगञ्ज उपविजेता भएको छ । होलिल्याण्डले ट्रफी र ८ हजार नगद पुरस्कार प्राप्त गरेको छ । सो प्रतियोगितामा बाँके जिल्लाका ९ वटा क्याम्पसले सहभागिता जनाएका थिए । यस्तै प्रतियोगितामा उत्कष्ट खेलाडिका रुपमा महेन्द्र बहुमुखी क्याम्पसका रन्जित बि.क.लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले बाँकेमा हुना लागेको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई यस्ता खालकाप्रतियोगिताले विशेष सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका सञ्चालक समितिका सदस्य सूर्य ढकालले विद्यार्थीहरुको व्यक्तित्व विकास लागि खेलकुदको आवश्यकता परेकाले यस्ता प्रतियोताहरुलाई जोड दिनुपर्ने बताए । साथै उनले विद्यार्थीहरुलाई अनुशासित र लगनशिल बनाउनका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए ।
स्वतन्त्र विद्यार्थी यूनियन बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका सभापति दिनेश केसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा क्याम्पस प्रमुख, पूर्व क्याम्पस प्रमुखहरु, क्याम्पसका प्राध्यापक, खेलाडि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

५ चैत्र २०७४ मा प्रकाशित
Nabintech