व्यवसायी मुखी र यात्रुमैत्री सेवा दिने प्रतिवद्वता

पिपलबाेट संवाददाता


 

कोहलपुर, चैत्र ५
बाँके र बर्दियाका यातायात व्यवसाय संघ,समिति र प्रा.लि. बाँके र बर्दिया जिल्लामा रहेका यातायात व्यवसायी संघ, समिति र प्रा.लि.बाट सञ्चालन विधिमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गरी व्यवसायी मुखी र यात्रुमैखी सेवा दिने प्रतिवद्वता जनाएका छन् ।
बाँके कोहलपुरमा सोमबार बाँके र बर्दियाका यातायात व्यवसाय संघ,समिति र प्रा.लि.को संयुक्त बठैकले यातायात क्षेत्रलाई मजदुर मैत्री र यात्रुमैत्री बनाउने निर्णय गरिएको छ । साथै सो बैठकले अन्य अञ्चल तथा जिल्लामा सञ्चालन परमिट जारी भएका सवारी साधानहरु यस जिल्लामा आयात नगर्ने निर्णय गरिनुका साथै दिर्घकालिन व्यवस्थापन गर्नकाल ागि यातायात सुधार समन्वय समिति बाँके गठन गरिएको छ । सो समितिमा बाँके र बर्दियाका यातायात व्यवसाय संघ, समिति र प्रा.लि.का अध्यक्षहरु सदस्य रहने जनाईएको छ ।
त्यस्तै बाँके र बर्दियाका यातायात व्यवसाय संघ,समिति र प्रा.लि.हरुका गाडि संख्या, क्यूको मापदण्ड गरि बाहिर सहमति गरेका संघसंस्थाहरु र काउण्टर व्यवस्थापन, सम्पूर्ण यातायात व्यवसाय संघ, समिति र प्रा.लि.हरुको डाटा तयार गर्नका लागि नेपाल यातायात राष्ट्रिय महासंघ भेरी अञ्चाल संयोजक टंक बस्यालको संयोजत्वमा सात सदस्यि समिति गठन गरिएको छ । सो समितिमा बाँके र बर्दियाका यातायात व्यवसाय संघ, समिति र प्रा.लि.का महासचिव र सदस्यहरु सदस्य रहने निर्णय गरिएको बस्यालले जानकारी दिए ।
त्यस्तै बाँके र बर्दियाका यातायात व्यवसाय संघ, समिति र प्रा.लि.मा आएका सवारी सधान के–कस्ता प्रकृतिका छन् र त्यसको जाँच बुझ गरी प्रतिवेदन पेश गर्नकालागि नेपाल नेपाल यातायात राष्ट्रिय महासंघ का केन्द्रिय सदस्य गोविन्द पौडेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ भने उक्त उपसमितिले ल्याएको प्रतिवेदनका आधारमा बाँके र बर्दियाका यातायात व्यवसाय संघ, समिति र प्रा.लि.का अध्यक्ष लगायत संयोजकहरु बसी यातायात व्यवसायलाई स्वस्थ प्रतिस्पर्धा लागि कार्य गरिने सदस्य पौडेलले बताए ।

५ चैत्र २०७४ मा प्रकाशित
Nabintech