तत्कालका लागि कोहलपुरमा खानेपानी समस्या हट्दै

पिपलबाेट संवाददाता


राम बहादुर रावत
कोहलपुर, चैत्र ८
बाँकेको कोहलपुरमा खानेपानीको समस्य यो वर्षदेखि हट्ने भएको छ । गर्मी सूरु भएसँगै प्रत्येक वर्ष कोहलपुरवासीहरुलाई खानेपानीको अभावका कारण विभिन्न समस्याहरुले सताउने गरेको थियो । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सात करोड लगानीमा खानेपानीको नयाँ योजना (ट्याङकी) निर्माण गरेको छ । चार लाख ५० हजार लिटर क्षमताको दैनिक पिउने पानी नगरमा पु¥याउने लक्ष्यका साथ निर्माण भएको सो योजना चैत्र अन्तिम सातादेखि सञ्चालनमा आउने भएको छ ।
खानेपानी आपूर्ति तथा सरसफाई मन्त्रालयको ७० प्रतिशत लगानी र कोहलपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ३० प्रतिशत लगानीमा सात करोड लागतमा कोहलपुर नगर साना खानेपानी योजना निर्माण गरेको छ । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा हाल २८ सय ७५ जना उपभोक्ताहरुले खानेपानीको धारा जडान गरेका छन् । उपभोक्ताहरुको माग अनुसार कोहलपुरमा प्रतिदिन १२ लाख लिटर पानी आवश्यक रहेपनि कोहलपुर खानेपानी उपभोक्ता संस्थाले हाल प्रतिदिन ९ लाख लिटर पानी उपलब्ध गराउँदै आएको छ ।
कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चैत्र अन्तिम सातादेखि थप पानी वितरणसञ्चालनमा ल्याए कोहलपुरमा पानीको समस्या तत्कालका लागि हट्ने कोहलपुर नगरपालिका मेटर लुट बहादुर रावतले बताएका छन् । ‘कोहलपुरमा खानेपानी समस्याकै रुपमा रहेको भन्दै कोहलपुरका जनताको माग अनुसारको खानेपानी उपलब्ध गराउन नसके पछि कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सुर्खेत रोडमा थप खानेपानी योजना अन्तर्गत पानी ट्याङ्की निर्माण कार्य सम्पन्न गरेको छ’ उनले भने ‘पाईप लाईनहरु जोड्दै छ, पाईप लाईनबाट पानी वितरण कार्य सुचारु गरेको खण्डमा कोहलपुरमा खानेपानीको अभाव हुनेछैन् ।’ साथै उनले कोहलपुर नगरपालिकाले जनतालाई स्वच्छ पानी उपलब्ध गराउनका लागि कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग सहकार्य गरी जनतालाई सहज रुपमा पानी उपलब्ध गराउनका लागि स्थानिय सरकार लागि रहेको बताए ।
कोहलपुरमा विगतमा खानेपानीको धेरै समस्या भए पनि विगत दुई वर्षदेखि आएको नयाँ योजना निर्माण कार्य गरिसकेको सुरु गरी हाल सञ्चालनको प्रत्रियामा रहेकोले अब उक्त खानेपानी उपभोक्ता कहाँ पु¥याएको खण्डमा खानेपानीको अभावन नहुने विश्वास लिईएको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सचिव प्रेम बहादुर कटुवालले बताए ।
खानेपानी भनेको बेला नआउँदा धेरै समस्याहरु झेल्नु परेको र अब नयाँ योजना सञ्चालनमा आए पछि खानेपानीको समस्या हट्ने विश्वास कोहलपुर नगरपालिका वडा नं. २ की बिमला वलीले लिएकी छिन् ।
त्यस्तै खानेपानी प्रयाप्त मात्रामा उपलब्ध नहुँदा होटल व्यवसायीहरु समस्यामा पर्ने गरेको कोहलपुर–११की होटल व्यवसायी राधिका लम्सालले बताईन् ।
बढ्दो शहरीकरण र प्रदुषणका कारण हातेपम्पको पानी पिउन योग्य नभएको विभिन्न अध्ययनले देखाए पछि खानेपानीको धाराहरु जडान पछिल्लो सयमा बढ्दै गएको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अध्यक्ष नर बहादुर मल्लले बताएका छन् ।
गर्मियममा कोहलपुर नगरको मुख्य बजार, चप्परगौडी, रझेना, प्रेमनगर, ड्राइभर टोल लगायतका ठाउँका नागरिकहरुले खानेपानीको समस्याबाट आक्रान्त हुनेगरेको र अब त्यो समस्या उपभोक्ताहरु बिच नआउने कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । साथै कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नयाँ ट्याङ्कीबाट पानी वितरण गरेपछि नयाँ थप ३ हजार उपभोक्ताहरुलाई नयाँ धारा जडानका लागि अनुमति दिने भएको छ । कोहलपुर क्षेत्रको जनसंख्याको अधिकाशं हिस्सा हातेपम्पमा निर्भर हुँदै आएको छ । तराईवासीको लागी हातेपम्प नै खानेपानीको भरपर्दा स्रोत हो ।

८ चैत्र २०७४ मा प्रकाशित
Nabintech