विभिन्न ऐन, नियमावली, कार्यविधि र निर्देशिका पारित

पिपलबाेट संवाददाता


कोहलपुर, चैत्र १०
बाँकेको कोहलपुर नगरपालिकाले संविधानले दिएको अधिकारको प्रयोग गर्दै कोहलपुर नगरपालिकाले विभिन्न ऐन, नियमावली, कार्यविधि र निर्देशिका पास गरेको छ । कोहलपुर नगर कार्यपालिकाको चैत्र ७ गतेदेखि ९ गतेसम्म बसेको दोस्रो नगर सभाले विभिन्न ऐन, नियमावली, कार्यविधि र निर्देशिका पारित गरेको बुक्रबार पत्रकार सम्मेलन गरि कोहलपुर नगरपालिकाका प्रवत्ता माधव रिजालले बताएका छन् ।
सो नगर सभाबाट कोहलपुर नगरपालिकाको प्रशासकिय कार्यविधि (नियमित गर्ने) ऐन–२०७४, न्यायिक सिमितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक–२०७४ आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन–२०७४, सहकारी ऐन–२०७४, निणर्य वा आदेश र अधिकारपत्र प्रमाण्ीकरण कार्यविधि नियमावली–२०७४ लाई पास गरेको जनाईएको छ ।
साथै नगर सभाबाट स्थानीय विपद व्यवस्थापन कार्यविधि–२०७४, एफ.एम. रेडियो व्यवस्थापन तथा संञ्चालन कार्याविधि–२०७४, एकिकृत सम्पत्ति कर व्यवस्थापन व्यवस्थापन निर्देशिका–२०७४, नगर प्रहरी सम्बन्धी नियमावली–२०७४, टोल विकास संस्था तथा समन्यव समिति गठन तथा परिचालन सम्बन्धी निर्देशिका–२०७४, स्थानीय राजपत्र–२०७४ र कोहलपुर नगरपालिका न्यायिक समिति संञ्चालन कार्यविधि पास गरिएको छ । ‘मेयरद्वारा स्पष्टिकरण’
कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले दोस्रो कोहलपुर नगरसभामा रिपोटिङ्गका लागि आमन्त्रण गरेका पत्रकारहरुलाई सभा चलिरहेकै बीचमा पत्रकारहरुलाई ‘सभास्थलबाट बाहिर जान आदेश गरिन्छ’ भन्ने बारेमा प्रकाशित समाचारको स्पष्टिकरण दिएका छन् । उनले संघियताको नयाँ अभ्यास गरिरहेको बताउँदै कोहलपुर नगरसभाका संसदहरुलाई ‘आदेश गरिन्छ’ भन्ने शब्द प्रयोग गरिरहेको अवस्थामा पत्रकारलाई पनि यो शब्दावलि उच्चारण गर्न पुगेको भन्दै यसलाई अन्यथा नमान आग्रह गरेका थिए । साथै उनले कोहलपुर क्षेत्रको विकासका लागि सञ्चार मध्यम र स्थानिय सरकारको सहकार्य हुनुपर्ने भन्दै नगरपालिकाको विकासमा विशेष सहयोग गर्न अनुरोध गरेका थिए ।
मेयर रावतको उक्त वाक्य प्रति आपत्ति जनाउँदै क्रियाशिल पत्रकार समूह कोहलपुरले ध्यानाकषर्ण गराए पछि मेयर रावतले सोको स्पष्टिकरण दिएका हुन् ।
त्यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास संयोजक निम बहादुर चलाउनेले कोहलपुरका संञ्चारकर्मीहरु संग सहकार्य गरेर अघि बढ्ने बताए । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटाले सुचाना तथा विज्ञापन प्रसारणमा सबै सञ्चार गृहलाई समान ढङ्गले हर्ने बताए । कार्यक्रममा कोहलपुर नगर कार्यपालिकाका सदस्य भिमबहादुर नेपाली तथा कोहलपुरका विभिन्न संञ्चार माध्यमका संञ्चारकर्मी लयगायतको सहभागिता रहेको थियो ।
त्यस्तै कोहलपुर नगरपालिकाले यस अघि शैक्षिक विकासका लागि कोहलपुर नगर शिक्षा नियमावली–२०७४ पारित गरेको छ । कोहलपुर क्षेत्रका सामूदायिक र संस्थागत विद्यालयको शैक्षिक विकास लागि शिक्षा नियमावली पारित गरिएको र केहि दिन भित्र शिक्षा नियमावली सार्वजनिक गरिने बताईएको छ ।

१० चैत्र २०७४ मा प्रकाशित
Nabintech