कोहलपुर नगरपालिका स्वीकृति विना रुख काटेपछि..

पिपलबाेट संवाददाता


कोहलपुृर, चैत्र ११
बाँकेको कोहलपुर नगरपालिकाले सम्बन्धित निकायको स्वीकृति विना नै विरुवा काटेको पाईएको छ ।
नेपाल सरकारले कोहलपुुर नगरपालिकालाई हरित नगर भनेर घोषण गरेको अवस्थामा कोहलपुर नगरपालिकाले आफ्नो कार्यालय परिसरभित्रका विरुवाहरु सम्बन्धित निकायको स्वीकृति विना काटेको पाईएको छ ।
कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले स्वीकृति नलिए पनि मौखिक रुपमा जिल्ला वन कार्यालयसँग कुराकानी गरेरै रुखहरु काटिएको बताएका छन् । साथै उलने कोहलपुर नरपलिकाको कार्यालय भित्र ग्यारेजको जग खन्दा रुख ढल्ने भएकाले सो रुख काटिएको जनाएका छन् । ‘हामीले जिल्ला वन कार्यालयलाई अचनाक रुख काट्नु प¥यो भनेर खबर गरेका छौं, यो रुखको सबै हिसाब किताब जिल्ला वन कार्यालयले लिनु प¥यो भनेर भनेका छौं’ उनले भने ‘यसको सबै हिसाब किताब जिल्ला वन कार्यालय बाँकेले लिन्छ ।’
त्यस्तै स्थानिय सरकारले कानूनी प्रक्रिया पुरा गरेर मात्र रुखहरु काट्नु पर्ने स्थानियले बताउँछन् । कानूनी प्रक्रिया पुरा नगरेरै विरुवाहरु काट्दा कोहलपुर नगरपालिकाको हरित नगरको सपना पुरा नहुने स्थानिय बताउँछन् ।

११ चैत्र २०७४ मा प्रकाशित
Nabintech