उत्पेरणात्मक कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुृर, चैत्र ११
बाँकेको कोहलपुरमा बेटर बाँके नेपालले युवाहरुलाई लक्षित गर्दै शनिबार कोहलपुरमा एक दिने उत्पेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । युवाहरु पछिल्लो समय असफलता प्राप्त गर्दा विभिन्न समस्याहरुमा पर्ने गरेको अवस्थालाई ध्यानमा राखेर बेटर बाँकेको उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उपमेयर सञ्जु कुमारी चौधरीले देश विकासका लागि युवाहरुमा सकरात्मक सोचको विकास हुनुपर्ने भन्दै युवाहरु नै देश विकासका संवाहक भएको बताईन् ।
साथै उनले यूवाहरु पछिल्लो समयमा कुलतमा फसेको भन्दै सो बाटोबाट मुक्त गराई यूवाहरुको जोश र चिन्तनलाई देश विकासमा लगाउन आवश्यक रहेकोमा जोड दिईन् ।
त्यस्तै स्ट्रङगल २ मोटिभेसनल कार्यक्रममा २२ वर्षीय रोहित मल्लले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा मल्लले मानव जिवन स्वयम् आफैले नै राम्रो बनाउनुपर्ने र मानव जिवन नै आशावादी हुनपर्ने बताए । साथै उनले मानिसले आफ्नो जीवनमा असफलता प्राप्त गर्दा सफताका लागि विभिन्न संघर्षहरु गरे पछि सफता प्राप्तहुने बताए । ‘रोटी दिने होइन, रोटी कमाउन सिकाउने यसको मुख्य उद्देश्य हो,’ उनले भने ‘यूवा अब अरुको आशमा होइन, आफ्नै कर्ममा बाच्नुपर्छ ।’
कोहलपुरमा शाखाको रुपमा स्थापित भएको बेटर बाँकेले अबका दिनहरुमा विभिन्न बेरोजगारीहरुको स्वरोजगारीको निम्ती व्यावसायिक रुपमा खरायोपालन जस्ता कार्यक्रम सञ्चालनमा ल्याउने कार्यक्रमका कोडिनेटर राजु चन्दले बताए ।
त्यस्तै बेटर बाँके जिल्लाका अध्यक्ष युवराज देवकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिर शर्मा, बागेश्वरी एकेडेमी कलेजका सञ्चालक समितिका अध्यक्ष यम रावत, कोहलपुुर नगरपालिकाका पदाअधिकारी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा करिब ४ सय युवाहरुको उपस्थिति रहेको थियो ।

११ चैत्र २०७४ मा प्रकाशित
Nabintech