लद्यु उद्यम विकास कार्यक्रम द्वारा परियोजनाको अनुगमन

पिपलबाेट संवाददाता


चैत्र, ११
बाँकेका स्तर उन्नतीका उद्यमीहरुलाई वितरण गरेको कृषि सामाग्री तथा उद्यमीहरुले गरेका उद्यमको अनुगमन गरिएको छ । बाँके जिल्लामा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेको सहजीकरणमा संचालित परियोजनाको लघु उद्यम विकास कार्यक्रम घोराही दाङले अनुगमन गरेको हो ।
बाँकेको बैजनाथ गाउपालिका ३ दाङपुरवा र २ पहाडीपुर वडा तथा कोहलपुर नगरपालिका कार्यालय १३ नम्बर भरैया वडामा वितरण गरिएको कृषि प्रविधिका बारेमा जानकारी लिएको थियो । उद्यमीहरु सँग लघु उद्यम विकास कार्यक्रम घोराही दाङका प्रशासन तथा वित्त प्रमुख हुर्मत वली सहजीकरण संस्थाका निर्देशक रबि रोकायाले सयुक्त रुपमा अनुगमन गरेका हुन् । फिल्डमा आवश्यक अनुसार कार्य सम्पादन भएको बताउदै वलीले उद्यमीहरु सँग आफ्नो उद्यम फैलाउन अनुरोध गरेका थिए । प्रमुख हुर्मत वली सस्थाले गरेका क्रियाकलापहरु सतोषजनक रहेको बताउदै सस्थाले प्रगति प्रतिवेद छिटो बनाउँनु पर्ने सुझाव दिएका
थिए ।
वलीको २ दिने बसाईमा सस्थाले गर्नु पर्ने क्रियाकलाप तथा लेखा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण गर्नुका साथै गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रममा आवद्व कर्मचारीहरुको क्षमता अभिवृद्वि समस्या तथा सामाधान गर्नुका उपायहरु का बारेमा जानकारी गराएका थिए ।

११ चैत्र २०७४ मा प्रकाशित
Nabintech