गाभर भ्याली होमस्टे पर्यटकिय गन्तव्य बन्दै

पिपलबाेट संवाददाता


कोहलपुर, बाँके १२
बाँकेको बैजानाथ–१ मा सञ्चालनमा आएको गाभर भ्याली होमस्टे पछिल्लो समयमा स्वदेशी तथा विदेशी पर्यटकहरुको गन्तव्यहरुको रोजाई बनेको छ । बाँकेको पहिलो सामूदायिक होमस्टेका रुपमा रहेको गाभर भ्याली होमस्टे पर्यटकिय गन्तव्य बन्दै गएको छ । बाघ संरक्षणकै उद्देश्यले स्थापीत बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने बैजनाथ–१ को गाभर भ्याली होमस्टे स्थापना भएसँगै पर्या पर्यटनका दृष्टिले नमुना क्षेत्र बन्दै गएको छ । जैविक विविधताले भरिपूर्ण भावर क्षेत्रमा पर्ने उपत्यकाको दृष्यिावलोकन गर्न सकिने नमुना क्षेत्रको रुपमा परिचित हुँदै गएको छ भने मिश्रित परम्परामा आधारित रहेको गाभर भ्याली होम स्टेमा परम्परागत परिकारहरुको स्वद लिन सकिन्छ । बाँके राष्ट्रिय निकुञ्ज स्थापना सँगै स्थानीय स्तरमा वन वातावरण संरक्षण गर्न सचेतना फैलिएका कारण गाभर क्षेत्रमा जैविविकताको संरक्षण गर्न सफल भएका छन् ।
होमस्टेको अवधारणलाई ग्रामिण सामुदायिको आर्थिक पाटोका रुपमा लिईएको र स्थानिय सरकारले होमस्टे प्रवद्वन गर्ने, पर्या पर्यटन प्रवद्वनका लागि दिर्घकालिन योजना बनाएर स्थानिय सरकारले होमस्टेलाई सहयोग गर्न गाभर भ्याली सामुदायिक होमस्टेका अध्यष कृष्ण चौधरीले अनुरोध गरेका छन् ।
गाभर भ्याली होमस्टे बाँके जिल्लाकै नमूना होमस्टे भएकाले पछिल्लो सयममा पर्यटकहरुको गन्तव्यका रुपमा रहेको बताउँदै थारु संगालयको अवलोकन, विभिन्न प्रजातिका चरा अवलोकन, भिलेज वाक, जंगल सफारी, जैविक पार्क अवलोकन गर्न सकिने हुँदा आन्तरिक तथा बाह्य पर्यटनहरुको भिड लाग्ने गरेको उनले बताए ।
विशेष गरि मिश्रित परिकारका खाना जस्तै अनदीको भात, ढिक्री, कोदो, ढिडो, घोंघी, गंगटो, जस्ता थारु परिकार चाख्न कै लागि थारु होमस्टेमा एक चोटी आएका पाहुना बारम्बार आउने गरेको अध्यक्ष चौधरीको भनाई रहेको छ ।
त्यस्तै गाभर क्षेत्र पर्यटकका लागि उपयुक्त क्षेत्र भएकाले राज्यले नीजि क्षेत्रको प्रवद्वनका लागि व्यवसायी मैत्री नीति लियो भने सो क्षेत्रको पर्यटन विकासका लागि, नीजि क्षेत्रको शान्ति सुरक्षाका लागि र व्यवसायी मैत्री बनाउका लागि राज्यले विशेष नीति लिनुपर्ने कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले बताएका छन् ।
त्यस्तै अहिले एक ठाउँमा ८ वटा घरमा होम स्टे संचालमा आएको छन् भने अर्को ठाउँमा ४ वटा घरमा होमस्टे सञ्चालनमा आउने क्रममा छन् । गाभर क्षेत्रमा करिब ४ सय घर दुरी रहेका छन् । सो क्षेत्र रत्न राजमार्ग अन्तर्गत कोहलपुरदेखि ८ किलोमिटरमा रहेको छ ।
होम स्टेमा विशेष गरी चौधरीहरुको विशेष प्रकारलाई प्राथमिकता दिईन्छ भने त्यहाँ पुग्दा पाउनाहरुलाई आफ्नै घरमा पुगे जस्तो अनुभवन हुने गरेको पाईनछ ।
त्यस्तै होमस्टेमा पाहुनाहरुलाई बस्नका लागि तथा तालिम, गोष्ठीका लागि समेत सुन्दर कोठाको व्यवस्था गरिएको छ । होमस्टे संचालन भएदेखि नै यस क्षेत्रमा मानिसहरुको चहलपहल बढेको स्थानियको भनाई छ ।
गाभर भ्याली होम स्टेको अवधारणाले देश विदेशले पनि गाभरलाई चिन्न सफल भएको स्थानिय बुद्विजिवीहरुको भनाई रहेको छ ।
होम स्टे संचालन भएदेखि नै जैविक विविधताको संरक्षण, लोकसंस्कृतिको प्रर्वद्धन गर्न सफल भएको र पाटे बाघ संरक्षण गर्ने उद्देश्यले स्थापीत बाँके राष्ट्रिय निकुञ्ज सँगै जोडिएको मध्यवर्ती क्षेत्रमा पर्ने गाभर भ्याली बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने जैविक मार्गसंग जोडिएको छ ।
सामुदायिक वनमा रहेको चरा चुरुङ्गी, जनावर, बृन्दा बन, कृषि फाट, चारैतिर घना जंगल र चुरे क्षेत्रले घेरेको आफैमा प्रकृतिले दिएको सौन्दर्य हो । सम्भावना प्रयाप्त भएपनि लगानीको अभावले होमस्टे भने जस्तो व्यवस्थित गर्न नसकिएको स्थानिय बताउँछन् ।
राज्यले पनि केही सहयोग गरे प्राकृतिक संरक्षण तथा सौन्दर्यमा समेत विकास हुने स्थानिय जनताले जोड दिएका छन् ।

१२ चैत्र २०७४ मा प्रकाशित
Nabintech