मानव बेचबिखनको केन्द्रविन्दु बन्दै कोहलपुर

पिपलबाेट संवाददाता


कोहलपुर, चैत्र १४
बाँकेको कोहलपुर पछिल्लो सययमा मानव बेचविखन तथा ओसार पसारको केन्द्र विन्दु बन्दै गएको पाईएको छ । भारतसँगको खुल्ला सिमाका कारण दिनप्रति दिन मानव बेचविखन तथा ओसार पसारको संख्या वृद्वि हुँदै गएको पाईएको छ । कोहलपुर ईलाका प्रहरी कार्यालय कोहलपुरमा अनुसार आर्थिक वर्ष २०७४÷०७५ को साउनदेखि यता कोहलपुर ईलाका प्रहरी कार्यालयमा मानव बेचविखन तथा ओसार पसारका पाँच वटा मुद्वा दर्ता भएका छन् भने ती मध्ये ४ वटा मुद्वा फछ्यौट भईकसेको र एउटा मुद्वा बाँकी नै रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मानव बेचविखन तथा ओसार पसारमा संग्लन १४ जनालाई प्रहरीले प्रक्राउ गरिसकेको छ भने तीन जना प्रहरी रहेको प्रहरीले जनाएको छ ।
बाँकेको कोहलपुर–१२ की एक बालिकालाई बिहे गरेर भारत लैजाने खोज्ने एक नेपाली महिला सहित दुई भारतिय नागरिकलाई ईलाका प्रहरी कार्यालय कोलपुरले प्रक्राउ गरी मंगलबार (आज) सार्वजनिक गरेको छ । कोहलपुर प्रहरीका अनुसार पक्राउ पर्ने कोहलपुर–१२ की ६० वर्र्षिया सितली नेपाली र भारतको पिलिभित जिल्ला परनपुराथाना जरपुराका ५५ वर्षिया सुर्यजित सिँह र सोही ठाउँका २२ वर्षिय सत्नाम ठाकुर रहेको मंगलबार ईलाका प्रहरी कार्यालय कोहलपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । गत आईतबार बिहान सितली नेपालीले भारतबाट आएका सुर्यजित सिहँ र सत्नाम ठाकुर आप्mनै नजिकको नाता पर्ने र बिहे गर्नुपर्ने भन्दै १४ बालिकालाई फकाई रहेको अवस्थामा बालिकाले आफु बेचिना लागेको थाहा पाएर भागेकी थिईन् । भागेर आफ्ना परिवारलाई जनाकारी दिएपछि प्रहरीले उनीहरुलाई खोजि गरी पछि के.आई नेपाल बाँके र प्रहरीको सहकार्य गरी प्रक्राउ गरिएको ईलका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख यज्ञ प्रसाद भट्टराईले बताएका छन् । कमजोर आर्थिक अवस्था भएकी ति १४ वर्षिया युवतीलाई विवाह गर्ने वहानामा फकाएर बेचबिखन गर्न लागेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपित शीतलाले बेचविखन गरी आर्थिक लाभ लिने मनसायले भारतीय नागरिक सत्याम ठाकुरसँग विवाह गर्नका लागि पीडित युवतीलाई फकाएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु विरुद्व जिल्ला अदालबाट ६ दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार विरुद्व मुद्वा चलाउनले जनाईएको छ ।
त्यस्तै कोहलपुरकी १० वर्षिय बालिकालाई बलात्कार गर्ने थम बहादुर बुढाथोकीलाई कोहलपुर प्रहरीले सार्वजनिक गरेको छ । सोमबार साँझ पीडित बालिकाका आमा काममा व्यस्त भएको मौका पारी घुम्न जाउ भनि भे.५.प ९२३३ न. स्कुटीमा राखेर कोहलपुर नगरपालिकाको वडा नं ९ भवानीपुर स्थित खालीचौरमा लिई बलत्कार पश्चात ५ घण्टा नियन्त्रणमा लिई कोहलपुरको दशविगाह स्थित होटल कृष्णको अगाडी छोडेर फरार अवस्थामा प्रहरीले स्कुटी सहित पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को साउनदेखि यता कोहलपुर ईलाका प्रहरी कार्यालयमा जबरजस्ती करणी उद्योगका तीन वटा मुद्वा दर्ता भएका छन् भने ती मध्ये तीनै वटा मुद्वा फछ्यौट भईकसेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

१४ चैत्र २०७४ मा प्रकाशित
Nabintech