सहकारीको सप्ताहव्यापी कार्यक्रम सुरु

पिपलबाेट संवाददाता


कोहलपुर, चैत्र १४
सहकारी दिवसको अवसर पारी जिल्ला सहकारी संघ बाँकेले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । ‘दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी’ भन्ने मुल नाराका साथ यहि चैत २० गते देश भर ६१ औं सहकारी दिवश भव्यताका साथ मनाउने उद्देश्यका सप्ताव्यापि कार्यक्रम सुरु गरिएको छ ।
सप्ताव्यापी कार्यक्रमको पहिलो दिन जिल्लासहकारी संघ बाँकेले जिल्ला विभिन्न स्थानमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
बाँके कोहलपुर नगरपालिकाको विद्युत रोडमा सरसफाई गरिएको छ । बाँके जिल्ला सहकारी संघको आयोजनामा मंगलबार बाँके जिल्लाका विभिन्न क्षेत्रका कोहलपुर, नेपालगञ्ज, बैजना, राप्तीसोनारी, खजुरा,जानकी गाउँपालिका लगायतका क्षेत्रमा करिब २ हजार सहकारी कर्मिहरुको सहभागितामा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत को पहिलो दिन सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
यसै गरि आज खजुरा र बैजनाथ गाउँपालिकामा रक्तmदान कार्यक्रम संचालन गरिने जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुबेदीले बताउनु भयो ।

१४ चैत्र २०७४ मा प्रकाशित
Nabintech