बैद्विक धर्म परिषद् नेपाल बाँकेको अध्यक्षमा पाण्डे चयन

पिपलबाेट संवाददाता


कोहलपुर, चैत्र १६
बैद्विक धर्म परिषद् नेपाल बाँकेको अध्यक्षमा भानुभक्त पाण्डे चयन भएका छन् । बैद्विक धर्म परिषद् नेपाल जिल्ला कार्यसमिति बाँकेको दोस्रो जिल्ला अधिवेशनबाट पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । जसको उपाध्यक्षमा प्रतापराज शर्मा, सचिव एकराज शर्मा, कोषाध्यक्ष ढकनाथ सापकोटा, सदस्यहरुमा नरेन्द्र राज पौडेल, योगमाया भण्डारी, भिम प्रसाद पोखरेल, राधिका पाण्डे, यज्ञ प्रसाद शर्मा रहेका छन् ।
त्यस्तै केन्द्रिय पार्षदमा तेजु भण्डारी, भानुभक्त पाण्डे, प्रतापराज शर्मा र यज्ञ प्रसाद शर्मा चयन भएका छन् । त्यस्तै सहल्लाकारमा हरि प्रसाद उपाध्याय, नन्द कुमार शर्मा र रामेश्वर ज्ञावली रहेको बैद्विक धर्म परिषद् नेपाल बाँकेका सचिव एकराज शर्माले बताए । साथै उनले ओमकार ध्वनी भित्र रहेका मानिसहरु बिच एकता गरी हिन्दु धर्म नेपाल स्थापना गर्नु बैद्विक धर्म परिषद् नेपाल बाँकेको प्रमुख उद्देश्य रहेको बताए ।

१७ चैत्र २०७४ मा प्रकाशित
Nabintech