कोहलपुर नगरविकास समितिद्वारा विभिन्न निर्णय

पिपलबाेट संवाददाता


कोहलपुर, चैत्र २४
कोहलपुर नगरविकास समितिको शुक्रबार बसेको बोर्ड बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्काको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
कोहलपुर चौराहदेखि चप्परगौडीको टे«नसँगै जोडिएको डुडुवा नालाको दुवैतिर अथार्त वडा नं. १२ पट्टिको नालामा तडबन्दन अब कोहलपुर नगरविकास समितिले गर्ने निर्णय गरेको समितिका अध्यक्ष अवराज खड्काले बताएका छन् । हाल कोहलपुर वडा नं. ११ मा पर्ने भूभागको मात्र तडबन्धन गरिरहेको कोहलपुर नगरविकास समितिले डुडुवा नालाको दुवै तिर पक्की तडबन्धन गर्ने निर्णय गरेको छ । नालाका कारण भविष्यमा कुनै पनि क्षति नहोस् भनेर कोहलपुर नगरविकास समितिले दुवै तर्फ तडबन्धन गर्न लागेको समितिका अध्यक्ष अवराज खड्काले बताएका छन् ।
त्यस्तै सो बैठकले तुलाराज अधिकारीको संयोजकत्वमा कोहलपुर नगरविकास समिति अन्तर्गतको जग्गा मूल्याङ्कन तथा घडेरी छनौट उपसमिति गठन गरिएको छ भने चिन्तामाणि धिताको संयोजकत्वमा कोहलपुर नगरविकास समितिको जग्गाका विभिन्न सिमानामा देखिएका विवाद समाधानका लागि विवाद समाधान उपसमिति गठन गरिएको खड्काले बताए । ‘कोहलपुर नगरविकास समितिका विभिन्न कार्यहरु सहज रुपमा सम्पन्न गर्नका लागि उक्त उपसमितिहरु गठन गरिएको छ’ उनले भने ‘अब कोहलपुर नगरविकास समिति भित्र कुनै पनि जग्गाको सिमानाका विषय विवाद उत्पान्न नहोस् भन्नका लागि विशेष पहल गर्नेछौं ।’
त्यस्तै कोहलपुर–११मा रहेको कोहलपुर माध्यामिक विद्यालयको भौतिक संरक्षण निर्माण गर्नका लागि कोहलपुर नगरविकास समितिले केहि बजेट छुट्टयाउने, कोहलपुर नगर भित्रका अव्यवस्थित मासु पसलहरुलाई व्यवस्थित गर्नका लागि बदशालालाई व्यवस्थिति गरिने र सो बदशालालाई नीजि क्षेत्रलाई दिने निर्णय भएको छ ।
त्यसै गरी कोहलपुर नगरविकास समितिको बोर्ड बैठकले कोहलपुर क्षेत्रका पत्रकार र साहित्यकारहरुको माग अनुसार कोहलपुर–११ न्यूरोडमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयको माथिल्लो तल्ला निर्माण गरी पत्रकार रसाहित्यकाहरुको कार्यालय स्थापना गर्नका लागि मन्त्रालयसँग स्वीकृती लिने निर्णय गरिएको खड्काले बताए ।
कोहलपुर नगरविकास समितिमा कर्मचारीका लागि विद्युतिय हाजिरीको व्यवस्था गर्ने, कार्यालय भित्र सिसि क्यामेरा जडान गर्ने, नगरविकास समितिको डिजिडल बोर्ड निर्माण गर्ने र कोहलपुर चौराहदेखि एनटिभि रोडको सडक बक्तिको लाईनलाई अगाडि बनाउनका लागि विद्युत कार्यालयसँग सहकार्य गर्ने निर्णय गरिएको छ ।
कोहलपुर नगरपालिकालाई नेपालकै नमूना शहरका रुपमा विकास गर्नका लागि कोहलपुर नगरविकास समितिले विशेष ध्यान दिईरहेको कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्काले बताए ।

२४ चैत्र २०७४ मा प्रकाशित
Nabintech