अटो रिक्साको व्यवस्थापन हुन्छ ः रावत

पिपलबाेट संवाददाता


कोहलपुर, चैत्र २५
कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले यस क्षेत्रका अटो रिक्साको उचित व्यवस्थापनका लागि स्थानिय सरकारले पहल गरिरहेको बताए ।
बाँकेको राप्तीसोनारीमा सम्पन्न भएको मध्यपश्चिम जनसेवा यातायात प्रा.लि.को दास्रो साधारण सभा तथा वार्षिक उत्सव कार्यक्रममा बोल्दै पछिल्लो समयमा अटो रिक्साको पार्किङ्गको विषयलाई लिएर समय समयमा हुने गरेको विवादहरुलाई समाधान गर्नका लागिस्थानिय सरकारले अटो रिक्सा पार्किङ्गकको व्यवस्थापनका लागि पहल गरिरहेकोमा जोड दिए । ‘अटो रिक्साका विभिन्न समस्याहरु रहेका छन्, पार्किङ्ग, लाईसेन्स लगायतका पक्षमा केहि समस्या छ’ उनले भने ‘अटो रिक्साको समस्यालाई ध्यानमा राखि स्थानिय सरकारले विशेष नीति लिनेछ, अटो रिक्सा व्यवस्थापन गर्नका लागि मध्यपश्चिम जनसेवा यातायात प्रा.लि. स्थानिय सरकारलाई सहयोग गर्न म अनुरोध गर्दछु ।’ साथै उनले अटोरिक्सा चलाउने सीप भएकालाई सावरी चालक अनुमती (लाईसेन्स) दिनका लागि राज्यले विशेष नीति लिनुपर्नेमा जोड दिँदै सीप सिकेर आत्मा निर्भर बनाउन अटो रिक्सा व्यवसाय सफल भएकोले यसको उचित व्यवस्थापन गर्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमालले अटो रिक्सा पछिल्लो सयममा जनताको रोजाईको साधान भएकाले जनताको माग अनुसार सेवा दिन अटो रिक्सा व्यवसायीहरुलाई अनुरोध गरेका थिउ । साथै उनले गा्रमिण क्षेत्रका जनताको यातायात क्षेत्रमा विशेष सहजता ल्याउन सफल भएको भन्दै मानविय सेवालाई जोड दिन पनि अनुरोध गरेका थिए भने अटो रिक्सालाई कुनै पनि समस्या परेमा ईलाका प्रशासन कार्यालय कोहलपुर सहयोग गर्न तयार भएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्काले केही समयका लागी नगरविकास समितिले अटो रिक्सा पार्किङ्गका लागि जमिन उपलब्ध गराएको भन्दै तत्काल कुनै पनि स्थायी संरचना नबनाउन सुझाव दिए ।
कार्यक्रममा बोल्दै मध्यपश्मि जनसेवा यातायत प्रालीका अध्यक्ष विश्वराज खनालले अटो रिक्साले जनतालाई सहज रुपमा सेवा प्रदान गरेकोले राज्यले अटो रिक्सलाई रुट परमिटका लागि विशेष ध्यान दिन अनुरोध गरेका थिए । साथै उनले पछिल्लो समयमा जनताको रोजाई नै अटो रिक्सा भएकाले जनमुखि सेवा प्रवाह गरिने भन्दै जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकामा रुट परमिट दिनुपर्ने बताए । साथै उनले कोहलपुर, राप्तीसोनारी र बैजनाथ गाउँपालिका भित्रका जनतालाई सर्पले टोकेको अवस्थामा भेरी अञ्चल अस्पताल नेपालगञ्ज सम्म निशुल्क रुपमा पु¥याउन पहल गरिरहेको बताए । ‘नाफा मुखी भन्दा पनि सेवामुखी कार्यमा छौ’ उनले भने ‘स्थानीय सरकारले हाम्रो समस्या बुझिर अटो रिक्सा व्यवसायको हक र हितका लागि विशेष नीति लिन अनुरोध छ ।’

२५ चैत्र २०७४ मा प्रकाशित
Nabintech