कोहलपुर, चैत्र २८
५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा पत्रकार रवि रोकाय सम्मानित भएका छन् । कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकाको सहयोगमा तथा तराई दलित विकास मंच, रेडियो प्रतिवोध एफ. एम तथा संघर्ष दलित महिला सहकारी संस्थाका लगायत दलित अधिकारका सवालमा काम गर्ने दर्जन बढी संस्थाका आयोजना गरिएको कार्यक्रममा नेपालको सविधान २०७२ मा भएका दलित पक्षिय प्रावधान संघ प्रदेश तथा स्थानीय सरकारका दलित समुदायहरुका सवालहरु र समाधानका विषयमा अन्र्तक्रियामा दलित समुदायका क्षेत्रमा कलम चलाएको भन्दै सम्मान गरिएको छ । पत्रकार रोकाय विगत लामो समयदेखि सञ्चार क्षेत्रमा काम गर्दै आएका छन् । सम्मानित हुँदै पत्रकार रोकायले सम्मानले अझै केही काम गर्ने ईच्छाशक्ति जागेको बताएका छन् ।
२८ चैत्र २०७४ मा प्रकाशित