उत्पेरण मुलक कार्यक्रम हुँदै

पिपलबाेट संवाददाता


कोहलपुर, चैत्र २९
बाँके कोहलपुरमा नयाँ वर्षको अवसरमा बैशाख १ गते बृहत उत्पेरण मुलक कार्यक्रम हुने भएको छ । ‘युवा क्रियाशिलता, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ बृहत उत्प्रेरण मुलक कार्यक्रम आयोजना गर्न लागिएको ओएसिस् मल्टिपल एजुकेशनल ईन्स्टिच्यूट प्रा.लि.का व्यवस्थापक ईन्द्रमणि ढुङ्गनाले कोहलपुरमा पत्रकार सम्मेलन गरी जनाएका छन् ।
कार्यक्रममा प्रशिक्षकका रुपमा डा. तारा प्रसाद गिरी, इन्द्रमणि ढुङ्गना र विशाल कोइराला रहेने आयोकजले जनाएको छ ।
यूवा तथा विद्यार्थीहरुलाई कुनै पनि कार्य गर्नका लागि सकरात्मक उर्जा संचार गर्नकालागि कार्यक्रमको आयोजना गरिएको ढुङ्गनाले जनाएका छन् । साथै उनले कार्यक्रममा ५ सय यूवाहरुको सहभागिता रहेने जनाएका छन् भने कार्यक्रम सफल बनाउनका लागि स्थानिय सरकार, राजीनितक दल,समाज सेवी लगायत शिक्षा प्रेमीलाई सहयोग गर्न अनुरोध गरेका थिए ।
त्यस्तै ओएसिस् मल्टिपल एजुकेशनल ईन्स्टिच्यूट प्रा.लि.का व्यवस्थापक ईन्द्रमणि ढुङ्गनाले ‘धुर्मुश सुन्तलि फाउन्डेशनलाई सहयोग गर्न जागौं’ बाँके अभियान सञ्चालन गर्ने र केहि समय पछि ओएसिस् यूवा क्लबको स्थापना गरी कोहलपुर क्षेत्रमा विभिन्न सामाजिक काम गर्ने लक्ष्य लिईएको बताए ।
पछिल्लो सयममा ओएसिस् मल्टिपल एजुकेशनल ईन्स्टिच्यूट प्रा.लि.का व्यवस्थापक ईन्द्रमणि ढुङ्गनाले यस क्षेत्रका यूवाहरुलाई सकरात्मक सोचको विकास गर्नका लागि विभिन्न उत्प्रेरणात्मक कार्यहरु गर्दै आएका छन् ।

२९ चैत्र २०७४ मा प्रकाशित
Nabintech