श्रद्वाञ्जली कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर, चैत्र २९
नेपाली कांग्रेसका नेता एव पूर्व गृहमन्त्री स्व. खुमबहादुर खडकाको तेह्रौं पुण्यतिथीका दिन कोहलपुर र नेपालगन्जमा श्रद्धाञ्जली दिईएको छ । नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमिति आयोजना गरेको श्रद्वाञ्जली कार्यक्रममा बोल्दै पूर्व सुचना तथा सञ्चार महोन बहादुर बस्नेतले खुम बहादुर खड्काले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि विभिन्न समयमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । साथै उनले मुलुकमा लोकतन्त्रीक शासन व्यवस्था पूर्ण रुपमा आए मात्र खड्काको आत्माले शान्ति पाउनेमा जोडदिएका छन् ।
नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलाराम शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता नारायण प्रसाद सिग्देल, महासमिति सदस्य नारायण गौडेल, मिना सिग्देल लगायत नेता तथाकार्यकर्ताहरुको उपस्थितिरहेको थियो ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिले पनि श्रद्वाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । बाँके सभापति किरण कोईरालाको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सांसद कृष्णसिह परियार, मोहम्मदी सिद्दिकी, जिल्ला सदस्य हेमन्त कर्माचार्य, नारायण सिग्देल, नारायण गौडेल, पूर्व बाँके कांग्रेस सभापति गजेन्द्र हमाल लगायतले स्व. खडका प्रति श्रृद्धाञ्जली व्यक्त गर्दै उनको पार्टी र राष्ट्रलाई दिएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा भातृ संगठन,सुभेच्छुक संस्था, स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

२९ चैत्र २०७४ मा प्रकाशित
Nabintech