५३ औं अन्तराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस बारे अन्र्तक्रिया

पिपलबाेट संवाददाता


कोहलपुर, चैत्र २९
बाँकेको कोहलपुरमा ५३ औैं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस (मार्च २०१८) को सन्दर्भममा नेपालको सविधान २०७२ मा भएका दलित पक्षिय प्रावधान संघ, प्रदेश तथा स्थानीय सरकारका दलित समुदायहरुका सवालहरु र समाधान लागि सरोवारकारवालाको भूमिका विषयक अन्र्तक्रिया सम्पन्न भएको छ ।
कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकाको सहयोगमा तथा तराई दलित विकास मंच, रेडियो प्रतिवोध एफ. एम तथा संघर्ष दलित महिला सहकारी संस्थाका लगायत दलित अधिकारका सवालमा काम गर्ने दर्जन बढी संस्थाका आयोजना गरिएको कार्यक्रममा नेपालको सविधान २०७२ मा भएका दलित पक्षिय प्रावधान संघ प्रदेश तथा स्थानीय सरकारका दलित समुदायहरुका सवालहरु र समाधानका विषयमा अन्र्तक्रिया गरिएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व सिंचाई मन्त्री दल बहादुर सुनारले दलित आन्दोलनले मुलुकको परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै दलित अधिकार संस्थागत गर्नका लागि राज्यले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए । साथै उनले सविधानमा भएको व्यवस्था अनुसार दलित समुदायको हरेक क्षेत्रमा पहुँच र सहभागीता हुनुपर्नेमा जोड दिँदै दलितलाई अधिकार सम्पन्न बनाउनुपर्ने उल्लेख गरेका थिए ।
कार्यक्रममा मुक्ति समाजका महासचिव गणेश विश्वकर्माले कार्यपत्र पस्तुत गरेका थिए भने कार्यक्रमाम बैजनाथ गाँउपालिकाकी उपाध्यक्ष शारदा रेगमी विश्वकर्मा , खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया वि.क, दलित गैरसरकारी संस्थाका केन्द्रिय उपाध्यक्ष नन्द विश्वकर्मा, बैजनाथ तथा कोहलपुर नगरपालिकाका वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, दलित अधिकारकर्मीहरु विभिनन संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहगागीता रहेको थियो ।

२९ चैत्र २०७४ मा प्रकाशित
Nabintech