पुजनलाई ग्रिन पिसले ग¥यो सम्मान

पिपलबाेट संवाददाता


कोहलपुर

बाँके कोहलपुर–१२ रहेको ग्रिन पिस माविले नेपाल गोल्डेन आईडल सिजन –५ का बिजेता पुजन गुरुङ्गलाई सम्मान गरेको छ । प्रतियोगितामा बिजेता बन्न सफल गुरुङ्गलाई उनी अध्ययनरत ग्रिन पिस माध्यमिक विद्यालयले बुधबार एक औपचारीक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
उनी अहिले कक्षा ९मा अध्ययन गर्दैछन् । आफ्नो विद्यालयमा अध्ययन गर्ने चैत २६ गते पोखरामा सम्पन्न भएको सो गायन प्रतियोगितामा बिजयी हुन सफल भएकोमा सम्मान गरिएको विद्यालयकी प्र.अ. माया वलीले जनाई ।
सो गायन प्रतियोगितामा नगद ३ लाख जित्न सफल भएका थिए । बिजेता गुरुङ्गलाई बिहीबार बिहान ११ बजे कोहलपुर नगर परिक्रमा गराउने पनि उनका शुभचिन्तक एवम् आफन्त जनले बताएका छन । सम्मान कार्यक्रममा बोल्दै गुरुङ्गले आफुलाई यस स्थान सम्म पु¥याउन सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद समेत ब्यक्त गरेका थिए । उनले आगामी दिनमा यसरी नै सबैको साथ र सहयोग रहेको खण्डमा आफुले आझ राम्रो प्रस्तुतिका साथ अगाडि बढ्नका लागि होसला प्रदान हुने बताए ।

२९ चैत्र २०७४ मा प्रकाशित
Nabintech