शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन

पिपलबाेट संवाददाता



काेहलपुर । सल्यानी सेवा समाज बाँकेले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको
छ ।
बाँकेको कोहलपुरमा आयोजित नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रममा कोहलपुर नगरपालीकाका मेयर लूट बहादुर रावतले भित्ते पात्रोको बिमोचन गरेका थिए । मेयर रावतले सल्यानी सेवा समाजले सबैको भावनात्मक एकता बनाउने कुरामा विश्वस्त रहेको बताए । उनले भने–जन्म थलो सल्यान भएर बाँकेमा आइ विभिन्न पेशा ,व्यापार व्यवयाय गर्दै आएका सल्यानीहरुको सम्वन्ध सुधार र एकतामा समाजले महत्वपूर्ण भुमिका खेल्न सक्नु पर्छ । एक–अर्का बीचको सम्बन्ध सुढृड र विस्तारले सबै सल्यानीहरु बलियो हुन्छन ।

कार्यक्रममा पूर्व मन्त्रि प्रेम बहादुर भण्डारीले बाँकेको समग्र विकासमा सल्यानीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । बाँकेका महत्वपूर्ण विकास निर्माणका योजना र ठूला खालका आयोजनाहरु सल्यानीहरुले सुरु गरेको बताए । भण्डारीले सल्यानीहरुको एकताबाट सबैले पाठ सिक्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा अधिवक्ता तथा समाजका कानुनी सल्लाहाकार गणेश प्रसाद शर्मा,समाजका सस्थापक बसन्त लामिछाने,प्याब्सन बाँकेका सचिव यम बहादुर रावत र एनप्याब्सनका अध्यक्ष कुवेर बस्नेत ले बोल्दै समाजले सल्यानीहरुबीचको एकतालाई थप मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए । त्यसै गरी कार्यक्रममा कोहलपुर नगरपालीका वडा नं. १० का वडा अध्यक्ष नीरज चलाउने, वडा नंं. १३ का वडा अध्यक्ष ओम प्रकाश वली र शिक्षण अस्पताल कोहलपुरका जनसम्पर्क अधिकृत यम बहादुर खड्का लगाएतले मनतब्य राखेका थिए ।

कार्यक्रममा भित्तेपात्रो प्रकाशनमा विज्ञापन दिएका विज्ञापनदाताहरुलाई सम्मान गरिएको थियो । सल्यानी सेवा समाजका अध्यक्ष प्रेम बहादुर खत्रिको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शकर शर्माले गरेका थिए ।

१७ बैशाख २०७५ मा प्रकाशित
Nabintech