यसरी बनाउनुहोस् श्रीमान–श्रीमतीको सम्बन्ध प्रगाढ

पिपलबाेट संवाददाता


श्रीमान–श्रीमतीको सम्बन्ध संसारकै उच्चकोटीको भावनात्मक सम्बन्ध मानिन्छ। जसमा श्रीमान–श्रीमती दुवै पक्षको अापसी समझदारीले अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ। र, यसै सम्बन्धलार्इ सुमधुर बनाउनका लागि उपयोगी केही तरिका तथा अावश्यकताहरु यस्ता रहेका छन्।

१. श्रीमान–श्रीमती एक-आपसमा सम्बन्ध प्रगाढ बनाउनको लागि श्रीमानले आफ्नो श्रीमतीलाई गर्ने कर्तव्य निर्वाह गरेकै हुनुपर्छ, जुन घरमा श्रीमतीले आफ्नो घरपरिवालाई गर्ने कर्तब्य जिम्मेवारी पुरा गरेको हुन्छ त्यहि घर नै सुखी र राम्रो मानिन्छ।

२. जे छ त्यसैमा रमाउनु पर्छ। आफुसंग भएको चिजको भरपुर प्रयोग गर्नुपर्छ। त्यसमै सन्तुष्ट हुन सक्नुपर्छ। यसले सम्बन्ध अगाडि लैजानको लागि जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ।

३. सन्तानको जहिले पनि घर परिवारमा महत्वपूर्ण भुमिका रहेको हुन्छ। जुन घरमा संन्तान हुन्छ त्यो घरमा पनि श्रीमान श्रीमतीको सम्वन्ध राम्रो नै भएको देखिन्छ।

४. श्रीमान श्रीमती बिचको दुरीमा नाता पनि एक आवश्यक भुमिका निर्वाह गरिरहेको हुन्छ। नाताले टाढाको सम्बन्धलाई नजिकको पनि बनाउने गर्दछ।

५. घर परिवारमा झै झगडा भईनै रहन्छ तर, हामीले यस्लाई नियन्त्रण गर्न सक्नुपर्छ।

६. जुन घरमा आर्थिक स्थिति सबल छैन, त्यो घरमा कलह नै भइरहेको हुन्छ। आवश्यकता परिपूर्ति गर्नको लागि आर्थिक पक्षले राम्रोसंग साथ दिएनभने दुई जनाबीच मनमुटाबको वातावरण सृजनाभर्इ सम्बन्धमा दरार आउने सम्भावना हुन्छ। त्यसैले सम्बन्ध प्रगाढ बन्नको लागि आर्थिक पक्षको उल्लेखनीय भुमिका हुन्छ।

७. श्रीमान–श्रीमतीबीच सम्बन्ध प्रगाढ बनाउनको लागि एक-आपकसको सहकार्य पनि एक महत्वपूण आधार मानिन्छ। जुन श्रीमान–श्रीमातीको बीचमा भावना आदानप्रदान भइ एक-आपसमा दुःख, सुख सर्मपित भएको हुन्छ, त्यो सम्बन्ध पनि धेरै नै बलियो सम्बन्ध बन्नपुग्छ।

१५ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech