कांग्रेसको प्रशिक्षण भोलि, प्रवक्ता शर्मा आउने

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले पार्टीका नेता, कार्यकर्ताका लागि प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

कोहलपुरस्थित भेरी सितभण्डारमा आयोजना हुने प्रशिक्षणमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य मिन बिश्वकर्मा, नेता मधु आचार्य, मनमोहन भट्टराईले प्रशिक्षण दिने कार्यक्रम रहेको क्षेत्रीय सभापति माधवराम खत्रीले जानकारी दिए ।

सभापति खत्रीका अनुसार प्रशिक्षणमा नेपाली कांग्रेसका अगुवा नेता, कार्यकर्ता सहभागी हुनेछन् । शुक्रबार मध्यान्ह १२ बजेतिर प्रशिक्षणको औपचारिक रुपमा उद्घाटन गरिनेछ । उक्त प्रशिक्षणमा उपस्थित हुन नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले सम्पुर्ण नेता, कार्यकर्तालाई आमन्त्रण गरेको छ ।

१७ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech