अबको १५ दिनपछि रसियामा फुटबलको महाकुम्भ सुरु हुँदैछ । सन् २०१४ मा ब्राजिलमा भएपछि रसियामा विश्वकप हुन लागेको हो ।
अहिले विश्वकपलाई लिएर विभिन्न भिडियोहरू बनिरहेका छन् । सोही क्रममा हालै विश्वकपबारे एक म्युजिक भिडियो सार्वजनिक भएको छ, जसमा नेपाली झण्डालाई पनि देखाइएको छ ।
युट्युबमा सार्वजनिक भएको ५ मिनेट लामो एक भिडियोमा ३ मिनेट ५० सेकेन्डमा नेपाली झण्डा बोकेर हुटिङ गरिरहेका एक नेपाली युवालाई देख्न सकिन्छ ।
उक्त भिडियोमा देखिने युवाले नेपाली झण्डा उचालेका छन् । ती युवाले नेपाली ढाका टोपी लगाएर रमाइरहेको देख्न सकिन्छ ।
हेरौं भिडियो :
१८ जेष्ठ २०७५ मा प्रकाशित