अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५–०७६ को बजेटमाथि संसदमा छलफल जारी छ । मंगलबार प्रस्तुत बजेटबारे बिहीबारदेखि छलफल सुरु भएको हो ।
बजेटबारे बिहीबार नेपाली कांग्रेसका मीनेन्द्र रिजाल, मीन विश्वकर्मालगायतले धारणा राखे । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा समग्र र मन्त्रालयगत बिनियोजित बजेटबारे छलफल हुनेछ ।
१८ जेष्ठ २०७५ मा प्रकाशित