३३ किलो सुन प्रकरणः एसएसपी खत्रीले दिए यस्तो बयान

पिपलबाेट संवाददाता


३३ किलो सुन तस्करीमा मुछिएका एसएसपी श्याम खत्रिले मोरङ जिल्ला अदालतमा बिहिबार बयान दिंदै सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने तर्क पेश गरेका छन्। खत्रीले सुन तस्करीमा आफ्नो संग्लनता नरहेको बताउँदै आफूमाथि लागेको आरोप झूटा भएको दावी गरेका छन्।

खत्रीले आफूले एक पटक गोरेलाई हप्काएर पठाएको पनि बताएका छन्। बयानमा क्रममा गोरेले आफूलाई डीआईजी गोविन्द निरौलाको व्यक्ति भन्दै नटेरेको बताएका छन्।

श्याम खत्रीले गोरेसँगको संग्लनता अस्वीकार गरे पनि गोरेले भने सबै कुरा एसएसपी खत्रीलाई नै थाहा भएको बयान दिएका थिए।

गोरेले बयानका क्रममा खत्रीले सुन निकाले बापत प्रतिकिलो ५० हजारका दरले कमिसन लिंदै आफ्नै गाडीमा राखेर बाहिर निकाल्ने गरेको बयान दिएका थिए। गोरेले खत्री विमानस्थलमा रहेका बेला पाँच सय किलो सुन नेपाल भित्रिएको बयान दिएका थिए।

१८ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech