किन दिए रियलका प्रशिक्षक जिदानले अचानक पदबाट राजिनामा ?

पिपलबाेट संवाददाता


युरोपियन च्याम्पियन रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लबबाट राजिनामा दिएका छन्। रियललाई लगातार ३ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएका जिदानले अप्रत्यासित रूपमा राजीनामा दिएका हुन्।

रियलले गत शनिबार लिभरपुललाई पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो। च्याम्पियन्स लिग जिते पनि स्पेनिस ला लिगामा चीरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनासँग १७ अंकले पछि पर्दै तेस्रो स्थानमा सीमित हुनु जिदानको राजिनामाको कारण हुनसक्ने अनुमान गरिएको छ।

१८ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech