हामी उत्कृष्ट होइनौं र यथार्थ यही हो : मेस्सी

पिपलबाेट संवाददाता


विश्वकप सुरु हुन केहि दिन मात्र बाकीं रहँदा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी आफ्नो टोली सबैभन्दा उत्कृष्ट नरहेको बताएका छन् ।

एक स्पेनिस टिभि प्रोग्राममा बोल्दै मेस्सीले भने, “मेरो तथा पुरा टोलीका लागि ठूलो चुनौति अगाडी आउँदै छ । राष्ट्र र हाम्रो टोलीको सपना एउटै हो र यसले पनि थप जिम्मेवारी हामीमा थपेको छ ।”

मेस्सीले थपे, ” हामी धैर्य हुनु पर्छ र हामी विश्वको उत्कृष्ट टोली हुने क्षमता राख्छौं भन्ने सन्देश पनि पुर्‍याउन पर्छ । अहिले भने हामी उत्कृष्ट होइनौं र यथार्थ यही हो । तर, केन्द्रित भयौं भने त्यो सम्भव छ ।”

त्यस्तै सबै खेललाई एक पछि अर्को गर्दै हेर्ने मेस्सीले बताए । आइसल्यान्ड, नाइजेरिया र क्रोएसिया तीनै टोली बलिया रहेकाले समूह चरण कठिन नै हुने उनले बताए । त्यसैगरी आफ्नो करियर बार्सिलोनामै टुङ्गाउने सङ्केत समेत मेस्सीले दिए ।

२० जेष्ठ २०७५ मा प्रकाशित
Nabintech