विश्वकपका ५ ‘डार्क हर्स’ टिम, जसले दिन सक्छन् सरप्राइज

पिपलबाेट संवाददाता


विश्वकप नजिकिदै गर्दा विश्वकप बारे अनुमान र अड्कलको बजार विस्तारै ताती रहेको छ । रसिया विश्वकपमा लियोनेल मेसीको अर्जेन्टिना, नेइमारको ब्राजिल र गत विश्वकपको विजेता जर्मनी, २०१० को विश्वकप विजेता स्पेनलाई यस सिजनको विजेता बन्नसक्ने अड्कल बाजी हुन थालेका छन् । आमरुपमा विश्वकप जित्ने पनि यिनै प्रमुख टिमबाट नै भएको विगतका अनुभवले देखाउछ ।

तर पनि ठुला प्रतियोगितामा केहि टिम यस्ता हुन्छन् जो अप्रत्याशित नजिता निकाल्दै ठुलो सफलता पाउन सक्छन् । उदाहरणको लागि सन २०१६ को युरो कपमा पोर्चुगलले उपाधि जित्छ भनेर प्रतियोगिता सुरु हुनु अघि धेरै कमले मात्र अनुमान गरेका थिए तर फाइनलमा बलियो देखियो टिम फ्रान्सलाई उसकै घरमा पराजित गरेर उपाधि जितेको थियो ।

हामी यँहा ५ यस्ता ‘डार्क हर्स’ टिमको चर्चा गर्दै छौ जसले विश्वकपमा विशेष प्रभाव राख्न सक्ने क्षमता राख्दछन् ।

स्विटजरल्याण्ड :
यस सुचिमा पाचौ स्थानमा स्विटजरल्याण्ड रहेको छ । विश्वकपक ओसमुह इ मा ब्राजिल, कोस्टारिका र सर्बियासँग रहेको स्विटजरल्याण्ड यस विश्वकपको ‘डार्क हर्स’ टिमको रुपमा लिन सकिन्छ । २०१४ को विश्वकप यता स्विटजरल्याण्डले खेलेका ३८ खेलमा २४ मा जित हासिल गरेर आफुलाई उत्कृष्ट टिमको रुपमा अगाडी ल्याएको छ । सजिलो समुहमा नभए पनि स्विटजरल्याण्डले ब्राजिललाई नै सरप्राइज गर्ने क्षमता भएको टिममा हेरिएको छ । यस टिमका स्टार खेलाडी जेरडन शकिरी रहेका छन् । प्रिमियर लिग क्लब स्टोक सिटी यस सिजनमा रेलिगेट भएपनि उनले प्रिमियर लिगमा यस सिजनमा ८ गोल र ७ असिस्ट गरेका छन् । त्यस्तै उनि बाहेक यस टिममा आर्सनलबाट खेल्ने ग्रानिट झाकाको खेलम पनि महत्वपूर्ण हुने विस्वास गरिएको छ ।

क्रोसिया :
यस सूचिको चौथो स्थानमा क्रोसियालाई हेरिएको छ । समुह डी मा अर्जेन्टिना, आइसल्याण्ड र नाइजेरियासँग रहेको क्रोसियालाई यस विश्वकपको सन्तुलित टिमको रुपमा हेरिएको छ । लुका मोड्रीच, इभान राकिटिक, माटेओ कोभाकिक, इभान पेरिसिक र डेजान लभरेन जस्ता युरोपका उत्कृष्ट क्लबमा खेल्ने खेलाडी रहेको क्रोसियालाई यस विश्वकपको डार्क हर्स टिमको रुपमा हेरिएको छ । यस टिममा रियल म्याड्रिडका प्ले मेकर लुका मोड्रीच र बार्सिलोनाका इभान राकिटिकलाई स्टार खेलाडीको रुपमा हेरिएको छ ।

कोलम्बिया :
कोलम्बियाको टिम सरसर्ती हेर्दा त्यति बलियो नदेखिए पनि यसमा रहेका स्टार खेलाडीका कारण यो टिम यस विश्वकपको ‘डार्क हर्स’ टिमको रुपमा हेरिएको छ । पछिल्लो विश्वकप गुमाएका राडामेल फल्काओ यस पटक विश्वकप टिममा फर्किएका छन् ।२०१४ विश्वकपको क्वाटरफाइनलमा पुगेको यो टिम यस विश्वकपमा पनि राम्रो प्रदर्शन गर्नसक्ने टिमको रुपमा हेरिएको छ । गत विश्वकपमा जेम्स रोड्रीगज जो हाल बायर्न म्युनिखबाट खेल्छन् उनले ५ खेलमा ६ गोल गरेका थिए । क्वाटरफाइनलमा ब्राजिलसँग २-१ को झिनो अन्तरले पराजित भएको यस टिमले ठुला टिमलाई पनि मात दिन सक्ने क्षमता राख्दछ । कोलम्बियामा स्टार खेलाडी जेम रोड्रीगेज हुन् । उनले यस सिजनमा बायर्नमा २३ खेल खेल्दै ७ गोल गरेका छन् । कोलम्बियाले विश्वकप समुह एच मा पोल्याण्ड, जापान र सेनेगलको सामना गर्दै छ ।

उरुग्वे :
उरुग्वेको टिमलाई पनि यस विश्वकपको डार्क हर्स टिमको रुपमा लिन सकिन्छ । आयोजक रसियासहित साउदी अरब र इजिप्टसँग समुह ए मा रहेको उरुग्वे सजिलै विश्वकपको दोस्रो चरणमा पुग्ने अनुमान गर्न सकिन्छ । एथलेटिकोबाट खेल्ने गोडीन र जोसे गिमेनेजले उरुग्वेको डिफेन्सलाई बलियो बनाएको छ भने बार्सिलोनाका स्टार खेलाडी लुइस स्वरेज र पिएसजीका स्टार एडिसन कभानीले आक्रमण धारलाई बलियो बनाएको छ ।त्यस्तै यस टिममा इन्टर मिलानका माटियास भेसिनो र युभेन्टसका रोड्रीगो बेन्टाकरले टिमलाई थप बलियो बनाएका छन् । यस टिममा स्वरेज र कभानी दुई स्टार खेलाडीको रुपमा रहेका छन् । दुवैले यस सिजनमा आ-आफ्ना क्लबका लागि ५३ गोल गरेका छन् । विश्वकप जित्ने फेभरेट टिमको सुचीमा उरुग्वे नभए पनि यस टिमलाई नजरअन्दाज भने गर्न सकिन्न ।

पोर्चुगल :
पोर्चुगलको टिमलाई माइनस क्रिस्टियानो रोनाल्डो र प्लस रोनाल्डो गरेर हेर्दा आकास जमिनको फरक रहेको छ । २०१६ को युरो कप विजेता टिमले रोनाल्डो बिना नै फाइनलमा फ्रान्सलाई पराजित गरेर आफ्नो उत्कृष्टता प्रमाणित गरेको थियो । भने यस विश्वकपमा पनि यस टिमले त्यस्तै जादु दोहोराउने अनुमान गर्न सकिन्छ । व्यवसायिक फुटबलमा विश्वका चर्चित क्लबबाट खेल्ने खेलाडीले भरिपूर्ण खेलाडी रहेको पोर्चुगलमा रोनाल्डोका अलवा पनि कैयौ स्टार खेलाडी रहेका छन् । म्यानचेस्टर सिटीमा राम्रो प्रदर्शन गरेका बेर्नार्ड सिल्भा, त्यस्तै रिकार्डो क्वारिस्मा, आन्द्रे सिल्भा जस्ता खेलाडीले यो टिमलाई यस विश्वकपको डार्क हर्स टिमको रुपमा अगाडी ल्याएको छ । अहिले हेर्दा पोर्चुगलले विश्वकप जित्ला र ? भन्ने धेरै छन् तर टिमको कम्बिनेशन हेर्दा युरो २०१६ को इतिहास नोहोराउला भन्न सकिन्न ।

यस टिममा रोनाल्डो नै स्टार खेलाडी हुन् । यस टिमलाई विश्वकपमा अगाडी बढाउन उनको नै प्रमुख भुमिका हुने देखिन्छ । रियल म्याड्रिडका लागि यस सिजनमा च्याम्पियन्स लिग जिताए पनि ला लिगा मा उनको यस सिजनमा त्यति राम्रो प्रदर्शन देखिएन । सोहि कारणले रियलले ला लिगामा तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो । रोनाल्डोले च्याम्पियन्स लिगमा सेमिफाइनल र फाइनलमा गोल गर्न सकेनन् । यदि रोनाल्डो आफ्नो वास्तविक फर्ममा आए भने यो टिम विश्वकपको आगाडी सम्मको यात्रा तय गर्न सक्ने टिमको रुपमा हेर्न सकिन्छ । विश्वकपमा पोर्चुगल समुह बि मा स्पेन, मोरोक्को र इरानसँग रहेको छ ।

२५ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech