विश्वकप इतिहासका १० चर्चित जर्सी

पिपलबाेट संवाददाता


यो वर्ष रुसमा आयोजना हुने विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपमा ३२ राष्ट्रले प्रयोग गर्ने जर्सीका बारेमा अनेक कुरा आइरहेका छन् । कसको जर्सी कस्तो ? कुन राम्रो भन्ने बहसमा फुटबल समर्थक देखिन्छन् । विश्वकप खेल्ने राष्ट्रिय टोलीको लागि धेरैजसो देशले आफ्नो राष्ट्रिय झण्डा, राष्ट्रिय चिन्हको आधारमा जर्सी बनाउने गर्छन् ।देशलाई एकताको सुत्रमा बाँध्ने र विश्वमञ्चमा आफ्नो देशको विशेष पहिचान झल्काउने भएकाले जर्सी बनाउँदा सबै देशले धेरै ध्यान दिने गर्छन् ।

आज हामीले विश्वकप फुटबलको इतिहासकै चर्चित १० जर्सीहरुको सूची तयार गरेका छौं । हेरौं कस्ता कस्ता छन् त विश्वकपका अहिलेसम्मका चर्चित १० जर्सीहरुः

१०. अर्जेन्टिना, १९७८

अर्जेन्टिना कहिल्यै पनि नराम्रो जर्सीको साथमा विश्वकप खेल्न जाँदैन । अर्जेन्टिनाको टिमले सन् १९९८, २००२ र २०१४ मा लगाएका जर्सीको डिजाइनहरु उत्कृष्ट हुँदाहुँदै पनि यो सूचीमा परेका छैनन् ।

तर, उनीहरुले सन् १९७८ को विश्वकपमा लगाएको होम जर्सी साँच्चै नै आकर्षक थियो । उनीहरुले घरेलु मैदानमा यो जर्सी लगाएर विश्वकप उचालेकाले मात्रै होइन । विशेष कुरा, यो जर्सीमा खेलाडीहरुको नम्बर उनीहरुको वर्णानुक्रम अनुसार दिइएको थियो ।

९. संयुक्त राज्य अमेरिका, १९९४

सन् १९९४ को विश्वकपको सबैभन्दा चर्चित दृश्यको रुपमा अमेरिकी डिफेन्डर एलेक्सी लालास कोलम्बियाविरुद्ध जित हात पारेपछि निलो ताराअंकित जर्सीमा खुसीले उफ्रिएको दृश्यलाई लिइन्छ ।

अमेरिकाको निलो अवे जर्सीमा छरिएका ताराहरु सुन्दरताको नमुना थिए । यो जर्सी यति धेरै राम्रो थियो कि त्यसको तुलनामा धर्काभएको होम जर्सी फिक्का देखिएको थियो ।

८. इंग्ल्याण्ड, १९८२

इंग्ल्याण्डको जर्सीमा धेरै थोक राखिएका हुँदैनन् र यो नराम्रो कुरा पनि त होइन् । वास्तवमा इंग्ल्याण्डको टिमले १९८२ को विश्वकपमा थ्री लायन्स होम जर्सी लगाएर खेल्दा राम्रो नतिजा नआए पनि यसलाई इंग्ल्याण्डको अहिलेसम्मकै उत्कृष्ट जर्सी मानिन्छ ।

७. नेदरल्याण्ड, १९७४

नेदरल्याण्डलाई सन् ३० ताकाको विश्वकपपछि कसैले पनि विश्वकपमा देखेका थिएनन् । तर जब धेरै समयपछि नेदरल्याण्ड सन् १९७४ को विश्वकपमा छानियो, उसले त्यतिखेर पूरा फुटबल र सुन्तला रंगको होम जर्सीको साथमा धमाका मच्चायो । यो टिमको शैलीले फुटबललाई एउटा नयाँ कालखण्डमा लैजान सफल भयो । त्यस्तै जर्सीको सरल डिजाइनलाई पनि सबैले मन पराए । यो जर्सीमा नौ आउटफिल्ड खेलाडीको लागि एक राष्ट्रिय चिन्हसहित एडिडासको तीन धर्का राखिएको थियो तर बाँकी एक खेलाडीको लागि भने अर्कै डिजाइनको जर्सी बनाइएको थियो ।

किनभने जोहान क्रुफको एडिडासको प्रतिद्वन्दी पुमासँगको व्यावसायीक सम्झौता भएका कारण उनको लागि भने दुई धर्के जर्सी बनाइएको थियो ।

६. जर्मनी, १९९४

एडिडासले बनाएको ९० को दशकको सबैभन्दा चम्किलो राष्ट्रिय टिमको जर्सी जर्मनीको १९९४ को विश्वकप जर्सी हो र यो साह्रै नै आकर्षक थियो । जर्मनी अमेरिकामा डिफेन्डिङ च्याम्पियनको रुपमा गएको थियो र उनीहरुको सेतो होम जर्सीलाई राष्ट्रिय झण्डाको रंगले काँधदेखि छातीको भागसम्म छोपिएको थियो ।

५. मेक्सिको, १९९८

१९९८ को फ्रान्स विश्वकपमा मेक्सिकोको युवा टोलीले कार्लोस हर्मोसिलो जस्ता अनुभवी स्टारलाई विवादास्पद रुपमा नजरअन्दाज गरेको थियो । तर नसोचेको नतिजा आयो र उनीहरु नयाँ युगमा प्रवेश गरे ।

हरियो रंगको आकर्षक स्वदेशी हरियो जर्सीमा लुइस हर्नान्डेजको उत्कृष्ट खेलले मेक्सिको अन्तिम १६ मा स्थान बनाउन सफल भयो । तर त्यसभन्दा माथि जान सकेन ।

४. पेरु, १९७०

छड्के धर्का भएको जर्सी संधै लोकप्रिय हन्छ तर यसलाई एक देशले मात्रै आफ्नो पहिचानको रुपमा लिएको छ ।

सन् १९३६ देखि पेरुले बाँया काँधबाट सुरु दाँया कम्मरसम्म आउने रातो धर्के जर्सी लगाउन थालेको हो र त्यसमध्ये पनि सन् १९७० को पेरुको होम जर्सी सबैभन्दा राम्रो थियो ।

३. ब्राजिल, १९७०

जब ब्राजिलले मेक्सिकोमा तेस्रो विश्वकप उचाल्यो त्यतिखेर ब्राजिलको पहेँलो र हरियो जर्सीहरु दुई दशकभन्दा कम उमेरका थिए । यसै विश्वकप पछि नै ब्राजिलको पहेँलो होम जर्सी नचिन्ने कोही पनि फुटबलप्रेमी भएनन् । अहिलेसम्मकै उत्कृष्ट मानिने उक्त ब्राजिली टिममा पेले, जर्जिन्हो, टोस्टाओ र रिभेलिनोले सबैलाई बढारिदिए र फाइनलमा इटाली माथि ४–१ को जित दर्ता गरे ।

ब्राजिलले यसअघि सन् १९६२ र १९५८ मा पनि विश्वकप जितेको थियो तर यो विश्वकपको वर्ष रंगिन टिभी भर्खर आएको थियो र टेलिभिजन हेर्ने दर्शक पनि बढेका थिए त्यसले पनि ब्राजिलको पहेँलो जर्सीलाई कहिल्यै पनि नर्बिसने बनाइदियो ।

२. क्रोयसिया, १९९८

पेरुको छड्के धर्सा जस्तै क्रोयसियालाई उनीहरुको नौलो चेक जर्सीबाट छुट्याउन सकिँदैन । त्यसमा पनि १९९८ को फ्रान्स विश्वकपमा १० क्रोयसियाको टिमले लगाएको जस्तो राम्रो जर्सी अर्को हुँदैन होला ।

त्यतिखेर डाभोर सुकेर क्रोयसियाका उच्च गोलकर्ता थिए र उनीहरुले पहिलोपटक लोट्टोको जर्सी लगाएका थिए । रातो सेतो चेकले दुई तिहाइ भाग ढाकेको आकर्षक होम जर्सी उनीहरुले किन परिवर्तन गरे भन्ने पनि धेरैलाई लाग्न सक्छ ।

१. पश्चिम जमर्नी, १९९०

९० को दशकले चम्किलो डिजाइनहरु, विभिन्न रंगहरु मिसिएको र विभिन्न खाले प्याटर्नहरु फुटबलको जर्सीमा राख्न थालियो । सबै देशका जर्सी मिसाएमा हेर्दा मेक्सिकन गोलरक्षक जर्ज क्याम्पोसको जस्तै देखिन सक्छ ।सन् १९९० को पश्चिम जमर्नीको इटाली विश्वकपको होम जर्सी यस्ता जर्सीको पहिलो अवधारणा हो जसमा जमर्नीको झण्डालाई अमूर्त रुपमा जर्सीको अगाडिको भागमा राखिएको थियो ।

त्यस्तै त्यस जर्सीको डिजाइनमा भएको उच्च विन्दुले जर्मनीको १९७४ को विश्वकपको विजयलाई जनाउँछ र तल एकैचोटी तल झरेको धर्काले उनीहरु १९७८ मा दोस्रो राउण्डबाट बाहिरिएको संकेत गर्छ, त्यसपछि थोरै बढेको धर्काले सन् १९८२ को फाइनलको हार र त्यसपछिको स्थिर तेर्सो धर्साले सन् १९८६ को फाइनल हारेको संकेत गर्छ ।

त्यसपछि फेरि माथि गएको धर्काले १९९० को विश्वकप जित्ने भविष्यवाणी गरेको थियो । पश्चिम जर्मनीले जर्सीमा गरेको भविष्यवाणी जस्तै १९९० को विश्वकप उपाधी पनि उचालेरै छोड्यो त्यसैले पनि यो जर्सीलाई अहिलेसम्मकै चर्चित विश्वकप जर्सी मानिन्छ ।

डेली मेलको सहयोगमा

२५ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech