विश्वकपमा हलचल मच्चाउन सक्ने ५ युवा खेलाडीहरु

पिपलबाेट संवाददाता


विश्वकप नजिकिंदै जाँदा फ्यानहरु आफुले चिनेका र मनपर्ने फुटबलरहरुले कस्तो प्रदर्शन गर्लान् भनेर गफ तथा परिकल्पना गरिरहेका छन् । ३२ देशका सबै खेलाडीको नाम तथा खेलशैली थाहा नभएपनि वर्षभरी खेलिने क्लब फुटबलमा चम्केका खेलाडिहरुनै सबैले सम्झीरहेका हुन्छन् ।
तर विश्वकप एउटा यस्तो अवसर हो, जसमा नाम चलेका मात्रै होइन विश्वकप पछिको समयमा उत्तर आधुनिक शैलीमा खेली नाम कमाउने खेलाडिहरु पनि जन्मीछन् । विशेषतः युवा खेलाडिको लागि यो एउटा ठुलो अवसर हो । सन् २०१४ को विश्वकपमा कोलम्बीयाका जेम्स रोड्रीगेजको कौशलले विश्व फुटबलको ध्यान आकर्षित गरेको थियो । कोलम्बीयालाई क्वाटर्पmाइनलसम्म पुराएका उनलाई विश्वकप पछि रियल मेड्रीड क्लबले अनुबन्धन गरेपछि उनको फुटबल करियर धेरै नै उकासिएको छ ।
यस्तै यो संस्करणको विश्वकपमा पनि विश्व फुटबललाई चकित पार्न सक्ने केहि युवा खेलाडिहरु यी हुन् ।

क्रिस्टीयन पावोन, अर्जेन्टीना
बोका जुनियर क्लबबाट खेल्ने २२ वर्षीय आक्रामक मिडफिल्डर पावोन अर्जेन्टीना टोलीको महत्वपूर्ण खेलाडी हुन् । तिब्र गतिमा बल ड्रिबल गर्ने क्षमताका उनि कुनै पनि दिशामा बललाई पल भरमै लगि विपक्षीबाट छलाइ टोलीका अन्य सदस्यलाई गोल गर्ने एरियामा दिन सक्छन् । उनको यो शैली हइटी विरुद्धको मैत्री पूर्ण खेलमा पनि देखिएको थियो । उनले उक्त खेलमा लियोनल मेसीलाई गोल गर्न सहयोग गर्ने क्रममा यहि कौशल देखाएका थिए ।
अर्जेन्टीनी टोलीमा आश्चर्यजनक रुपमा छानिएका जोर्ज साम्पाओलीको आगमन पछि उनको यो विश्वकपमा कस्तो भुमिका हुने पक्का नभएपनि उनले खेलको सुरुवातमै स्थान बनाउने सम्भावना छ । यदि सुरुवातमै नपरेतापनि पहिलो परिवर्तनको रुपमा मैदानमा आउन सक्छन् । लियोनल मेसीसँग उनको तालमेल उत्कृष्ट भएकोले पनि उनले खेलको माध्यमले दर्शकको मन जित्न सक्छन् ।

गोन्सालो गेचीस, पोर्चुगल
पोर्चुगलका उदयीमान स्टार गोन्सालोले क्लब फुटबल मार्फत् राम्रो अंकमा कमाइराखेका छन् । अघिल्लो सिजनमा भ्यालेन्सीयाको लागि खेलेका उनले ६ गोल गरेका थिए । अद्भुत गति साथ खेल्ने उनको दुर्लभ ड्रिबलिङ शैलीका कारण भ्यालेन्सीयाले उनलाई स्थायी रुपमै अनुबन्धन गर्ने इच्छा देखाइरहेको छ । २१ वर्षीय गोन्सालोलाई भ्यालेन्सीयाले अनुबन्धन गर्न ढिलाइ गरेमा विश्वकप पछि उनको प्रदर्शनका कारण उनलाई अनुबन्धन गर्न गाह्रै पर्ने देखिन्छ ।

आल्वारो ओद्रीओजोला, स्पेन
रियल सोसीडाडको लागि ५० खेल खेलिसकेको २२ वर्षीय आल्वारो उमेरको तुलनामा धेरै नै परिपक्व रुपमा विशुद्ध डिफेन्डरको रुपमा खेल्न सक्ने क्षमताका खेलाडि हुन् । आश्चर्यजनक रुपमा स्पेनजस्तो बलियो टिममा स्थान बनाएका उनले स्पेनको डिफेन्सलाई मजबुत बनाएकै छन् र उनले सुरुवातको केहि खेल खेल्न पाएमा आगामी दिनमा उनको लागि बार्सिलोना र रियल मेड्रिड जस्तो क्लबको ढोका सहजै खुल्न सक्छ । उनको शसक्त खेलको बलमा स्पेनले यो विश्वकपमा पनि अपेक्षाकृत खेल्ने विश्वास लिइएको छ ।

हर्वीङ लोसानो, मेक्सीको
मेक्सीको लागि महत्वपूर्ण खेलाडि २२ वर्षीय लोसानोले नेदरल्याण्ड्सको क्लब पिएसभी इन्दोफेनको लागि खेल्दै डज लिगमा प्रभुत्व जमाइरहेका छन् । अघिल्लो सिजनमा उक्त क्लबको लागि १९ गोल गरेका थिए । मिलफिल्डरको रुपमा खेल्ने खेलाडिको लागि यो अद्भुद सफलता हो । यो विश्वकपमा उनले देखाउने खेलले स्पेन, इंग्ल्याण्ड तथा जर्मनी क्लबको ध्यान आकर्षित गर्ने लगभग पक्का छ ।

पायोन सिस्तो, डेनमार्क
युगान्डामा जन्मेका २३ वर्षीय सिस्तो डेनमार्कमा आउँदा २ महिनाका थिए । सात वर्षको उमेरमा फुटबल कौशलका कारण उनले स्पेनिस क्लब सेल्ता भिगोको लागि खेल्ने मौका पाएपछि उनको फुटबल करियर ह्वात्तै माथी उठेको थियो । उनको तिब्र गतिमा खेल्ने शैली तथा डिफेन्डरहरुलाई हैरान पार्न सक्ने क्षमताका कारण डेनमार्कलाई यो विश्वकपमा अघि बढाउने प्रमुख खेलाडि उनै हुनेछन् । उनले डेनमार्कलाई कम्तीमा नकआउट चरणमा पु¥याउन सके स्पेनकै अरु ठुला क्लबमा जाने मार्ग प्रशस्त हुनेछ ।
यो विश्वकप पनि अघिल्ला विश्वकपहरु जस्तै अनुभवी र युवा खेलाडिहरुको मिश्रणले रोचक हुने कुरामा दुइमत छैन । युवाको जोश र परिपक्व खेलाडिको अनुभवले रसियामा आयोजना हुने यस विश्वकपले फुटबल प्रेमीहरुलाई थप प्रतिस्पर्धात्मक खेलको मज्जा दिने कुरामा विश्वस्त हुन सकिन्छ ।

(एजेन्सीको सहयोगमा)

२५ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech