संविधान संशोधन नभए सम्म राजपा सरकारमा जाँदैन : राजेन्द्र महतो

पिपलबाेट संवाददाता


 राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन र कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता नभएसम्म राजपा सरकारमा नजाने बताएका छन्।

विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै महतोले आफ्नो पार्टीले भनेका केही कुरा प्रष्ट पारेपछि मात्रै सरकारमा जाने नजाने भन्ने विषयमा निर्णय लिने बताए। अहिले पनि सरकारलाई समर्थन रहेको भन्दै महतोले सरकार सहभागी हुनै पर्ने हो भने संविधान संशोधन हुनुपर्ने बताए।

उनले ६ महिने मधेश आन्दोलनको उपलब्धी २ नम्बर प्रदेशको सरकार भएको भन्दै आफूहरुको समर्थन उक्त सरकारलाई रहेको समेत बताए। पार्टीका कुनै सांसदले के भन्छ भन्ने भन्दा पनि पार्टीको हालको निर्णय प्रदेश सरकारलाई समर्थन रहने कुरामा दुईमत नरहेको बताए।

६ महिना भएको कठोर मधेश आन्दोलन देखाउने दाँत नभएको भन्दै महतोले केहि नेताका समस्याका कारण समस्या समाधान हुन नसकेको बताए। प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा भइरहेको बहस संसदमा आए आफूहरुले पनि उपयुक्त निर्णय लिने महतोको भनाइ थियो।

२७ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech