तपाईले पास गरेको यातायात लाइसेन्स आयो कि आएन? यसरी थाहा पाउनुस्

पिपलबाेट संवाददाता


सवारी चालकको अनुमतिपत्रको लागि लिइने परीक्षाको नतिजा अब घरमै बसेर थाहा पाइने भएको छ।

यातायात व्यवस्था विभागले सवारीसाधनको अनुमतिपत्रको लागि लिइने लिखित परीक्षाको नतिजा एसएमएसबाट पनि उपलव्ध गराउन थालेपछि नतिजा हेर्न कार्यालय पुग्नु पर्ने बाध्यता हटेको हो।

यातायात व्यवस्था विभागले एसएमएस गरेर नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने सकिने सिस्टम सञ्चालनमा ल्याइएको सार्वजनिक सूचना निकालको छ। जसअनुसार लिखित परीक्षाको नतिजा थाहा पाउन  डव्लुटी लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर ३१००३ मा एसएमएस गरियो भने पास फेलको जानकारी सहित एसएमएसबाट जानकारी गराइनेछ।

त्यस्तै स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउन पनि एसएमएसबाटै थाहा पाइने छ। यसका लागि एलसी टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी३१००३मा एसएमएस गर्न सकिने छ।

२७ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech