फत्तेपुरलाई हराउदै बाराले जित्यो खडक मेयर गोल्डकपको उपाध

पिपलबाेट संवाददाता


सप्तरी ,२८ जेष्ठ । यहि जेठ १९ देखि सञ्चालन भएको ‘प्रथम खडक मेयर गोल्डकप २०७५’ को उपाधि बारा ११ क्लवले हात पारेको छ।सप्तरीको पन्सेरामा शनिबार भएको फाइनल खेलमा बलियो प्रतिष्पर्धी मानिएको फत्तेपुर क्लबलाई २–१ गोल अन्तरले हराउँदै बाराले उपाधि जितेको हो।

बारालाई उपाधि हासिलका लागि उत्कृष्ट प्रदर्शन गरेका जर्सी नम्बर ७ का खिलाडी सागर चौधरी म्यान अफ द म्याच भएका छन्। उनलाई २ हजार ५०० रुपैयाँ प्रदान गरिएको छ । भने प्रतियोगिता अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका बरा कै अनिल चौधरी बेस्ट डिफेन्डर भएका छन् ।

प्रतियोगिताको उपाधि विजेता बाराक्लबलाई १ लाख ५१ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उपबिजेता फत्तेपुरलाई ५० हजार ५१ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । खडक नगरपालिका नगर प्रमुख हिमायु हकको प्रमुख आतिथ्यमा भएको उक्त फाइनल खेलमा नगरप्रमुखले विजेता क्लव तथा खेलाडीहरुलाई सम्मान गर्दै पुरस्कार प्रदान गरेको थियो ।

प्रथम मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७५ खडक नगरपालिकाको आयोजना तथा पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरी ४ को प्रायोजनमा संचालित रहेको थियो ।

२८ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech