नेविसंघद्वारा सिटी जुलुस

पिपलबाेट संवाददाता


 

कोहलपुर, जेठ २८
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस आवद्व नेपाल विद्यार्थी संघले नेपालगन्जमा सिटी जुलुस निकालेको छ । सरकारले निरन्तर रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्वि गरेको भन्दै नेविसंघले विरोध स्वरुप आइतबार सिटी जुलुस निकालेको हो । सिटी जुलुसको उद्घाटन नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी लक्ष्मीनारायण शाहले सिटी फुकेर गरेका थिए । नेपालगन्जको गणेशमान चोकबाट सुरु भएको सिटी जुलुस विपी चोकमा पुगेर समापन भएको थियो । सिटी जुलस पश्चात भएको कोण सभामा बोल्ने वक्ताहरुले सरकारलाई घुडा टेकाएर नै छोड्ने दाबी गरे । विद्यार्थी नेताहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्विसरकारले फिर्ता नलिए कडा आन्दोलन गर्ने नेविसंघ नेता यज्ञ बहादुर महराले चेतावनी दिएका थिए । सिटि जुलुसमा नेपाल तरुण दल बाँकेका सभापती विरेन्द्र बहादुर शाह, नेपालगन्ज नगर सभापती सन्दिपजङ शाह, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका विद्यार्थी नेता मनोज थापा लगायतका विद्यार्थीहरुको सहभागिता रहेको थियो । शनिबार साझ पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्विको विरोधमा नेविसंघले नेपालगन्जमा मसाल जुलुस निकाल्ने प्रयास गरेको थियो । तर प्रहरीले हस्तक्षेप गरेर मसाल जुलुस निकाल्न दिएन ।

२८ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech