मृत्युपछि जंगलमा लिएर फालेपछि

पिपलबाेट संवाददाता


कोहलपुर, जेठ २८
बाँकेको राप्तीसोनारी–८, खल्लगाउँस्थित जंगलमा एक बालकको शव फेला परेको छ । राप्तीसोनारी–८ का ११ वर्षीय आयुष केसीको शव घन्टेश्वरी सामुदायिक वनमा भेटिएको हो ।
कोहलपुर प्रहरीका अनुसार आइतबार साँझ करिब ६ बजे बालुवा बोकेको भे १ त ६१६७ नम्बरको ट्रयाक्टरबाट खसेर दुर्घटना हुँदा बालकको मृत्यु भयो । मृत्यु भएपछि बालकको शव लुकाइएको अनुसन्धानबाट खुलेको कोहलपुर प्रहरी प्रमुख डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
स्थानीय र प्रहरीले खोजतलास गरेपछि मध्यरात जंगलमा शव फेला पारेका थिए । घटनामा संलग्न चार जनालाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राप्तीसोनारी–८ का कलिराम थारु, विकास बि.स., राकेश चलाउने र लेप्रन थारु रहेको प्रहरीले जनाएको छ । त्यस्तै घटना संग्लन सोही ठाउँका ट्याक्टर चालक रोशन घर्ती र ट्याक्टर धनी सूर्य खड्का फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकोहरु माथि अनुसन्धान जारी रहेको डिएसपी भट्टराईले बताए ।

२८ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech