रम्पुरा मल्हनियाँका बाढीपीडित परिवारलाई १० हजार रकम उपलब्ध

पिपलबाेट संवाददाता


सप्तरी, २८ जेष्ठ । सप्तरीको रम्पुरा मल्हनियाँका बाढीपीडित परिवारलाई पहिलो किस्ताको १० हजार दरले रकम उपलब्ध गराएको छ । सप्तरीको बाढीपीडित परिवारलाई रेडक्रसद्वारा १५ हजारको जिविकोपार्जनको लागी बिशेश प्याकेज मध्ये तत्काल पहिलो किस्ताको १० हजारको चेक हस्तान्तरण गरेको र थप दोश्रो किस्ताको ५ हजार रकम उपलब्ध गराउने जनाएको छ ।

आइ एफ आर सिको सहयोगमा तथा रेडक्रस सप्तरी र वडा कार्यालयको सहयोगमा जिल्लाको हनुमाननगर कंकालनी नरपालिकाका वडा नम्बर १४ का १ सय ८० जनालाई बाढी पिडितलाई १५ हजारको जिविकोपार्जन ब्याकेज मध्ये तत्काल पहिलो किस्ताको १० हजारको चेक हस्तान्तरण गरेको हो ।

२८ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech