सप्तरीबाट वैदेशिक रोजगार जानेको संख्या बढ्दो , ठगिनेको संख्या उतिकै

पिपलबाेट संवाददाता


राजबिराज ,२८ जेष्ठ । स्वदेशमा काम नपाएपछि वैदेशिक रोजगारीमा जानेको संख्या सप्तरीबाट बर्सेनि बढदै गएको छ ।सप्तरी सामुदायिक विकास अनुसार ०६८ साल देखि ७४/७५ साल सम्मको अवधिमा मात्र जिल्लाबाट ७७ हजार ५ सय चार जना वैदेशिक रोजगारीमा गएका छन् ।

अरुको देखा सिखी तथा आर्थिक र परिबरिक समस्याको कारण सप्तरीबाट बिदेश जानेको संख्या बढ्दो छ । सप्तरीबाट बिदेशका लागि मलेसिया ,कतार,दुबै, साउदी, यूएइ र कुबेत आदि देशहरूमा पैसा कामाउनको लागि बिदेश जाने गरेको छ ।

सप्तरीबाटै वैदेशिक रोजगारीमा जानेहरूको संख्या देशकै पाँचौ स्थानमा पर्छ । आर्थिक अवस्था कमजोरी भएका ब्यक्तीहरु दुई चार पैसा कामाउन बिदेश भित्र्यान्छ्न त्यो पनि ३-४ रुपैया रिन गरेर ।

सप्तरीबाट वैदेशिक रोजगार उतैकै ठगिने गरेको छ । यस् वर्षमा मात्र २ सय ८१ जना कामदार एजेन्टबाट ठगिएका छन् । कतिपय कामदार राहदानी बनाउनेमा ठगिने गरेको छ भने कतिपयलाई पैसा लिएर एजेन्ट सम्पर्कविहीन हुने गरेको छ । कतिलाई नेपालमा एउटा कामको आश्वासन दिने बिदेश गएपछि फरक किसिमको काममा लगाउने तथा भने बमोजिम तलब नदिदा कामदार ठगिने गरेको छ । त्यस्तै नेपालमा मेडिकल पास भएपनि उता गइसकेपछि फेल हुने, लामो समयसम्म पासपोर्ट लिएर पनि नउडाउने गर्दा कामदार ठगिइरहेका छन् ।

वैदेशिक रोजगारीका क्रममा मर्नेको संख्या उतिकै बढेको छ । पछिल्लो १० वर्षको अवधि वैदेशिक रोजगारीमा गएका सप्तरीका कामदारमध्ये एक सय ३४ जनाले उतै ज्यान गुमाएका छन् । यसवर्ष ०७४/७५ मात्र जिल्लाका १२ जना युवा रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका छन् ।

२८ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech