सुरुङ्गामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्युु

पिपलबाेट संवाददाता


सप्तरी ,२९ जेष्ठ । सप्तरीको सुरुङ्गा नगरपालिका ६ स्थित भएको ट्याक्टर दुर्घटनामा परी एक जना सह्चालकको मृत्यु भएको छ ।

 

बालुवा बोकेको ट्याक्टर सुरुङ्गा नगरपालिका ६ स्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१त ५४५६ नम्बरको बालुवा बोकेको ट्याक्टर दुर्घटनामा सहचालक किरण कुमार रामको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका ४ बस्ने १५ वर्षीय किरणकुमार राम रहेको सप्तरी प्रहरीले जनाएको छ।

ट्याक्टर आइतबार राति करिब ९ बजे पुलमा ठोक्‍किदा ट्याक्टरका सहचालकको मृत्यु भएको थियो । त्यसतै खडका नगरपालिका ३ का ३५ वर्षीयका ट्याक्टर चलाक संजयकुमार चौधरीको दाहिने हात भाँचिएको छ ।

रामको उपचार भइरहेकै अबस्थामा लहानस्थित सप्तऋषी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

२९ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech