रुपनी गाउँपालिका २ स्थित जेसिज आधारभूत विद्यालयमा तालाबन्दी

पिपलबाेट संवाददाता


 

राजविराज,३० जेष्ठ । सप्तरीको रुपनी गाउँपालिका २ स्थित जेसिज आधारभूत विद्यालयमा तालाबन्दी भएको छ । प्राथमिक शिक्षक तृतीय तह (राहत) को दरबन्दी पदपूर्तिका लागि विद्यालयमा घुस खाएर कमजोर उम्मेदवारलाई शिक्षक नियुक्तिको गरेको भन्दै बिधालयमा तलाबन्दी गरेको छ ।

उक्त विधालयका विद्यालय व्यवस्थापन समितिका सदस्य तथा स्थानीय अभिभावकले विद्यालयको कार्यालयमा तालाबन्दी गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरीसमेत दिएको छ ।

विद्यालयमा प्राथमिक शिक्षक तृतीय तह (राहत) को दरबन्दी पदपूर्तिका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण यादव र प्रधानाध्यापक सूर्यनारायण मण्डलले ६ लाख रकम लिएर स्थानाकोत्तर गरेका उम्मेदवारलाई हटाई कमजोर व्यक्तिलाई नियुक्तिको तयारी गरेको उजुरीमा उल्लेख छ।

विद्यालय निरिक्षकलाई नराखी गैरकानुनी रुपमा शिक्षक छनोट समितिमा गठन गरिएको भन्दै निष्पक्ष परीक्षा सञ्चालन र योग्य व्यक्तिलाई नियुक्ति गर्न उजुरीमा माग गरिएको छ।

३० जेष्ठ २०७५ मा प्रकाशित
Nabintech