अवैध वालुवा उत्खनन्मा संलग्न १० सवारी नियन्त्रणमा

पिपलबाेट संवाददाता


बिराटनगर , ३० जेष्ठ । मोरङ प्रहरीले अवैध रुपमा ढुङा, गिट्टी उत्खनन् तथा ओसारपसारमा संलग्न १० सवारी साधनसहित ६ जनालाई मंगलबार नियन्त्रणमा लिई कारवाहीका लागी बुझाएको छ।

मोरङको सुन्दरहरैचा नगरपालिका १ मसानघाटस्थित लोहोन्द्रा खोलास्थित निषेधित क्षेत्रबाटबाट अवैध रुपमा मिक्स गिट्टी निकाल्दै गरेको अवस्थामा को.२.त ६५०६ नम्बर, सुन्दर हरैचा नगरपालिका ३ गछिया चौकबाट बिना भ्याट बिल गिट्टी, बालुवा ढुवानी गर्ने को १ ख ४९१७, ५२४९ र ६५९२ नम्बरको टिपर तथा बेलबारी नगरपालिका ९ स्थित चिसाङ खोलाको गौसली नाका स्थित निषेधित क्षेत्रबाट बालुवा लोड गर्दै गरेका को २ त ७८५०, ६७४५, १७३१, ३८३४, ४९३४, १००१ नम्बरको ट्याक्टरसहित त्यसका चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागी जिल्ला समन्वय समितिको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

३० जेष्ठ २०७५ मा प्रकाशित
Nabintech