उदयपुर,३० जेष्ठ । उदयपुरको त्रियुगा नगरपालिका ११ बाट प्रहरीले सोही ठाउँ बस्ने लक्ष्मण थापालाई लागुऔषधसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले थापालाई दुई बोतल कोरेक्स र १० पिस नाइट्रोसन ट्याब्लेटसहित मंगलबार गाईघाट बजारबाट पक्राउ गरेको हो।
थापालाई आवश्यक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमार राखिएको छ।
३० जेष्ठ २०७५ मा प्रकाशित