बोक्सीको आरोपमा अवहेलना हुदै आएकी ८० वर्षीया वृद्धालाई परिवार संगै राख्ने प्रतिबद्धता

पिपलबाेट संवाददाता


लहान ,३० जेष्ठ । बोक्सीको आरोपमा अवहेलना हुदै आएकी ८० वर्षीया वृद्धालाई परिवार संगै राख्ने प्रतिबद्धता परिवार जनले जनाएको छ । बिगत एक बर्ष देखि सिरहा कर्जन्हामा पारिवारिक अवहेलना र दुर्ब्यबहारका कारण ८० बर्षिय बृद्ध अामालाई घर भन्दा बाहिर बस्न बाध्य पार्ने छाेरा, नाति र बुहारीहरूले गल्ति स्विकार गर्दै बृद्ध अामालाई स्याहार सुसार गरेर घरमा परिवार संगै राख्ने प्रतिबद्धता गर्दै परिवार संगै राखेका हुन ।

सिरहाको मिर्चैया प्रहरी तथा सिरहाका मानव अधिकारकर्मी सुनिल कुमार शाह, दुर्गा , राम भराेषि यादब र रेणहरूकाे सहयाेग र प्रयासका पछि उक्त अन्धबिश्वास आन्त भएको हो । सिरहाको कर्जन्हा नगरपालिका ७ कि खजनीदेवी ६ छोराकी आमा तथा तिनै छोराले बुहारीहरुसँग मिलेर उनीलाई बोक्सीको आरोप लगाउँदै घरबाट निकालेका थिए । उनि एउटा सानो झुपडीमा नितान्त एक्लै बस्दै आएकी थिइन् ।

 

खजनीदेवीको पतिको १० वर्षअघि मृत्यु भएको थियो । पतिको मृत्युपछि छोराहरूले आमालाई पालैपालो आफ्नो घरमा राखेर पाल्दै आएका थिए । केही समयपछि उनकी एक बुहारीको कालगतिले मृत्यु भयो । उनको सौतापट्टकिा जेठो छोरा धर्मनाथ कारककी श्रीमतीको उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसको केही समयमा खजनीका आफ्नै ६० वर्षीय छोरा रामपुकार कारककी श्रीमतीको मृत्यू भयो । लगालग तीन जनाको मृत्यू भएपछि यसपछि कारक परिवार धामी झाँक्रीको चक्करमा बिगत एक बर्ष देखि पारिवारिक अवहेलना र दुर्ब्यबहारका कारण देबी सानो झुपडीमा नितान्त एक्लै बस्दै आएकी थिइन् ।

३० जेष्ठ २०७५ मा प्रकाशित
Nabintech