सप्तरीको पीडा : बाढीसँगै बग्छ करोडौंको बजेट

पिपलबाेट संवाददाता


राजबिराज ,३० जेष्ठ । सप्तरी सहित तराई मधेशका जिल्ला बर्सेनि गाउँ तथा सप्तरीको अधिकांस क्षेत्र डुबानमा पर्छ । बर्सेनि परिवार विस्थापित हुन्छन् । बर्सेनि करोडौं खर्चिएर तटबन्ध गरिन्छ, तर बर्सेनि बनाएको तटबन्ध बाढीको प्रवाहमा बगेर जान्छ्न । यसको फल स्वरुप न्यून बजेट, लापरबाहीपूर्ण निर्माण, कमजोर संरचना हो ।

जिल्लाको तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, बसबिट्टी, पौवा, मुसहरनिया,लौनिया, विषहरिया, दिघवा, तोपा, पिपराही, रूपनी, पकरी, त्रिकौल, लोहजारा, मैनाकडेरी, भारदह, पोर्ताहा, भरुवा, मलेठ, डुमरी शिवथान , पौवाटोल , राजबिराज नगरपालिका तथा सप्तरीको केही भुभाग लगायतका ठाँउमा बाढीका कारण ३१ हजार १ सय ७० घरमा क्षति पुगेको सरकारी तथ्यांक छ । सप्तरीको विभिन्न नदि तथा खोलामा आएको बाढीपहिरोले उक्त घरहरुमा क्षति गरियो ।

जिल्लामा रहेको नदिहरु तथा खोलाहरुमा बर्सेनि करोडौं रुपैयाँ खर्चिन्छ तर ठोस काम नहुदा बाढीको प्रवाहमा करोडौं रुपैयाँ बगेर जान्छन् । गत बर्षा आएको बाढीले जिल्लामा मात्र १ अर्ब ४० करोड ३७ लाख २७ हजार २ सय ९४ रुपैयाँ बराबरको क्षति भएको सरकारी तथ्यांक छ ।

सप्तरी बाढीपहिरो जोखिम क्षेत्र रहे पनि समयमा त्यसको रोकथाम नहुदा सप्तरी डुबानमा पर्दै आएको हो । रोकथाम नगरिएको होइन गरिन्छ तर ठोस निर्माण कार्य नहुदा बाढीले कमजोर तटबन्ध भत्काउँदै मानव बस्ती डुबाउँछ ।

खाडो, महुली, जिता, बलान, त्रियुगा, घोरदह, भलुवाही, महुली, खडक , सुन्दरी, बिहुल तथा विभिन्न खोला लगायत नदीको कटानले जिल्ला बासी बर्सेनि विस्थापित हुन्छन् । जिल्लामा बर्सेनि करोडौं रुपैयाँ खर्च गरेर तटबन्धलगायत संरचना निर्माण र मर्मतसुधार गरिए पनि बाढी नियन्त्रण हुनसकेको छैन ।

यस वर्ष पनि खाडोमा १० करोड रुपैयाँ बजेटको नदी नियन्त्रणका काम भइरहेको छ ।त्यससँगै ६ वटा टेन्डरबाट खाडो नदीका विभिन्न स्थानमा बाँधमा बोल्डर क्रेटिङको काम जारी छ । यता १७ करोड रुपैयाँ बराबरको सप्तरीका त्रियुगा, घोरदह, भलुवाही, महुली, खडग र बिहुल नदीमा नियन्त्रणका काम जल उत्पदन नियन्त्रण कार्यालयको सहयोगमा भइरहेको छ ।

गत वर्ष जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लहानबाट २२ करोड रुपैयाँ खर्च गरियो । तर महुली खोलाले पोर्ताहामा ३ सय मिटर, मयनाकरेडीमा ६ सय मिटर, लोहजाराका ४ स्थानमा गरी ३ सय मिटर बाँध बगाएको थियो । त्यसतै बान्द्रा खोलाले रघुनाथपुरका ५० मिटर, सुन्दरी खोलाले कञ्चनरूप नगरपालिका ७ मा ३ सय मिटर कटान गरेको थियो । जिल्लाको लौनिया, विषहरिया, दिघवा, तोपालगायत स्थानमा १ हजार मिटरभन्दा बढी तटबन्ध बाढीले कटान गरेको थियो । (कान्तिपुुर दैनिकको सहयोगमा)

३० जेष्ठ २०७५ मा प्रकाशित
Nabintech