कोहलपुरमा नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाईयो

पिपलबाेट संवाददाता


कोहलपुर, जेठ ३१
पेट्रोलियम पदार्थको मूल्य वृद्विको विरोध गर्दै नेपाल विद्यार्थी संघ बाँकेले कोहलपुरमा बिहीबार प्रधानमन्त्री केपी शर्मा वलीको पुत्ला जलाएको छ । कोहलपुरमा भेला भएका नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर पुत्ला तथा झण्डा खोसाखोससमेत भएको थियो ।
कार्यक्रमको कोण सभामा बोल्दै नेविसंघका नेता यज्ञ बहादुर महराले पेट्रोलियम पदार्थमा भएको पटकरपटकको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुका भाउ आकासिएको भन्दै जनजीविका अत्यन्तै कष्टकर भएकाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्वि सरकारले फिर्ता लिनुपर्ने बताए । सकारले पेट्रोलियम पदार्थको मूल्य फिर्ता नलिए सरकारका विरुद्व नेविसंघ कडा रुपमा प्रस्तुत हुने बताउँदै तत्काल हाम्रो मागपुरा गर्न चेतावनी दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका सभापति भोलानाथ शर्माले सरकारले नेपाली जनतामाथि अन्याय गरेको भन्दै नेविसंघ जनताको पक्षमा आवाज उठाईरहेको बताउँदै जनताको मागलाई सम्बोधन नगरे सरकार विरुद्व चरणबद्व रुपमा आन्दोलनका कार्यक्रमहरु घोषण गर्ने बताए ।
विपक्षी कांग्रेससम्वद्व विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्विको विरोधमा आन्दोलन गर्दै आएको छ । सरकारले बेवास्था गरे पछि कोहलपुरमा बिहीबार प्रधानमन्त्रीको पुत्ला जलाइएको नेविंसघ बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका नेता डिल्ली रावलले बताए ।

३१ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech