अभिमुखिकरण कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर, जेठ ३१
बाँकेको कोहलपुरमा आन्तरिक आय अध्यन तथा राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी एक दिने सरोकाराला निकायहरुसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र उत्पीडित सामुदायिक विकास केन्द्र (ओसिडिसि) बाँकेको सहजिकरणमा एक दिन अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले स्थानिय सरकारले पाएको अधिकारलाई प्रयोग गर्दै स्थानिय तहको आर्य वृद्विका लागि समय अनुसारको नीति तथा कानून निर्माण गरि राजश्व वृद्वि गर्न सकिने बताए । केन्द्र र प्रदेशले कतिपय कानूनहरु निर्माण गर्न नसक्दा स्थानिय तहले सोचेजस्तो गरी राजश्व संकलन गर्न नकसेको बताएका छन् ।
कार्यक्रमको सहजिकरण गर्दै गोविन्द अधिकारीले आन्तरिक आय (राजश्व) सुधार कार्ययोजना तर्जुमा सम्बन्धि प्रशिण दिएका थिए । स्थानिय सकारलाई बलियो बनाउनका लागि आन्तरिक राजश्वको वृद्वि गर्नुपर्ने बताउँदै स्थानिय तहको राजश्व संकलनका आधारमा केन्द्रिय बजेट विनियोजित हुने उनले बताए । स्थानिय तहले सम्पति कर, मालपोत, घरवाहाल कर, व्यवसाय, रिक्सा, अटो, ईरिक्सा, कवाडी कर, पार्कि शूल्क, मूल्याङ्गन सेवा, सिफारिस शूल्क, दर्ता नविकरण शूल्कको निधारण गरी राजश्य संकलन गर्ने अधिकार स्थानिय तहलाई भएको बताए । साथै घरनक्सा पास दस्तुर, पञ्चिकरण दस्तुर, माटो ढुङ्गा ग्रामेल विक्रि, विज्ञापन कर र बहाल विटौलि शूल्क लिन पाउने अधिकार स्थानिय सरकारलाई संविधानले दिएका उनले बताए ।
प्रदेशको कानून निर्माण नहुँदा स्थानिय तहले आवश्यक कानूननिर्माण गर्न नसक्दा वडा स्तरमा काम गर्न कानून अप्ठ्याहरु आउन गरेको वडा अध्यक्षहरुले दुःखेसो पोखेका थिए ।
कार्यक्रममा कर, शूल्क तथा दस्तुर सम्बन्धी अवधारण र सिद्वान्त, स्थानिय तहको राजश्व अधिकार र परिचालन सम्बन्धी व्यवस्था, कोहलपुर नगरपालिकाको सम्भाव्यता छलफल र तथ्यांक संकलनको फारम प्रस्तुती छलफल, राजश्व सुधार कार्य योजना र राजश्व प्रयोग, राजश्व प्रक्षेपण तथा राजश्व सुधार कार्ययोजना मस्यौदाका लागि समूह विभाजन तथा समूह कार्य गरिएको थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिकाकीउपमेयर सञ्जुकुमारी चौधरी, कोहलपुर नगरपालिका नगर कार्यपालिकाका सदस्य, वडा अध्यक्ष, वडा सचिव, कोहलपुर नगरपालिकाका विषयगत समितिका संयोजक, राजनीतिक दलका प्रतिनिधि, कोहलपुर उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

३१ जेष्ठ २०७५ मा प्रकाशित
Nabintech