गायन प्रतियोगितामा तक्षशिला र नमूना प्रथम

पिपलबाेट संवाददाता


कोहलपुर, असार १
बाँकेको कोहलपुरमा मावि र आधारभूत तह स्तरिय गायन प्रतियोगिता सम्पन्न भएको छ । एनप्याव्सन कोहलपुरको आयोजनामा सम्पन्न भएको वादविवाद प्रतियोगितामा एनप्याव्समा आवद्व १६ वटा विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।
गायन प्रतियोगिताको मावि तर्फ तक्षशिला एकेडेमीकी छात्रा अनुस्का घिमिरे प्रथम, कोहलपुर बागेश्वरी माविकी सरीता भण्डारी द्वितीय र ब्राईट लाईट एकेडेमीका मुर्कश बुढा तृतीय भएका छन् । त्यस्तै आधारभूत तह तर्फ नमूना विद्या सदन माविकी छात्रा स्वस्थिका चौधरी प्रथम, पञ्चमुखी अंग्रेज माविका गौरब कार्की द्वितीय र कोहलपुर बागेश्वरी मा.वि.की दिक्षा परियार तृतीय भएकी छिन् । प्रतियोगितामा विजेतालाई पुरस्कार सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रकाशकिय प्रमुख प्रेम प्रसाद देवकोटाले विद्यार्थीको क्षमतालाई अझै थप सशक्त बनाउनका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै उनले एनप्याव्सनले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागि गराउनका लागि समय समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्नुपर्ने भन्दै प्रतियोगिताबाट विद्यार्थीहरुको व्यक्तित्व विकास हुने बताए ।
कार्यक्रममा एन प्याब्सन प्रदेन नं. ५ का सदस्य गोविन्द चौधरी, कमल पछ्याई, बाँकेका सचिव श्याम कुँवर र उपस्थिति रहेको थियो । एनप्याव्सन कोहलपुरका अध्यक्ष किशोर राज मल्लको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा एनप्याव्सनमा आवद्व विद्यालयको शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन एन प्याव्सन कोहलपुरका सचिव शिव डाँगिले गरेका थिए ।

१ असार २०७५ मा प्रकाशित
Nabintech